Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सधैं चलचित्रमै काम गर्नुपर्छ भन्ने छैन – सनी लियोन

sunny-leoneमुम्बई । बलिउड अभिनेत्री सनी लियोनले अहिले चलचित्रमा काम गर्नुको अर्थ सधैं यही पेसामा रहनुपर्छ भन्ने नरहेको बताएकी छन् ।

अडल्ट चलचित्रकी अभिनेत्री सनी लियोन सन् २०११ मा रियलिटी शो बिग बोस सिजन पाँचको माध्यमबाट भारत आएकी हुन् । उनले सन् २०१२ मा आफ्नो पहिलो चलचित्र ‘जिस्म–२’ बाट बलिउड यात्रा सुरु गरेकी हुन् ।

सनी लियोनले मनोरञ्जन उद्योगमा काम गर्नेहरुले अन्य क्षेत्रमा पनि काम गर्नुपर्ने बताएकी छन् । उनले भनिन्–म सधैं चलचित्रमा मात्र काम गर्दिनँ ।

उनका अनुसार यदि एक जना व्यापारी वा मनोरञ्जनसँग जोडिएको व्यक्तिका रुपमा सफल हुनु छ भने सबै क्षेत्रमा हर सम्भव कोशिस गर्नुपर्नेछ ।

उनले भनिन्–मेरा लागि चलचित्रको सिलसिला सधैं जारी रहने छैन । अन्त्य हुनेछ, तर प्रश्न यो हो कि त्यसपछि गर्ने के ? स्मरणरहोस् जिस्म–२ पछि सनी लियोनले ज्याकपट, रागिनी एमएमएस–२ र एक पहेली लीला जस्ता चलचित्रमा काम गरिसकेकी छन् ।

शाहरुख खानको नयाँ चलचित्र ‘रईस’ का लागि सनी लियोनले हालै एउटा आइटम ठान्स पनि गरेकी छन् ।

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्