Logo
७ बैशाख २०८१, शुक्रबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७५ वर्षको उमेरमा तेस्रो विवाह गर्दै महान फुटबलर पेले

peleएजेन्सी । ब्राजिलका महान फुटबलर पेलेले विगत ६ वर्षदेखि आफ्नो प्रेमिका रहेकी मार्सिया सिबेले आओकीका साथ मंगलबार विवाह गर्ने भएका छन् ।

यो उनको तेस्रो विवाह हो । पेले अहिले ७५ वर्षका भएका छन् । आफूले विवाह गर्न लागेको विषयमा उनले भने–यसपटक मैले जीवनभरका लागि साँचो प्रेम भेटेको छु । पेले र आओकी सन् १९८० को दशकमा न्युयोर्कमा भेटेका थिए ।

तर, सन् २०१० मा साओ पाउलोमा एउटा एलेभेटरमा उनीहरुको दोस्रोपटक पुनः भेट भएको थियो ।त्यही भेटबाट उनीहरु निकट भएका हुन् । आओकी अहिले ४२ वर्षकी छन् । उनी व्यवसायी हुन् ।

उनी सन् २०१२ देखि तीनपटक विश्व च्याम्पियन पेलेका साथ सबै सार्वजनिक कार्यक्रममा देखा पर्दै आएकी छन् ।

त्यति मात्र होइन हालैको वर्षमा जब पेले अस्पतालमा थिए त्यतिबेला पनि आओकी पेलेकी साथमा थिइन् ।

पेलेलाई संसारकै महानतम फुटबलरमध्ये एक मानिन्छ । उनले आफ्नो अरिअरमा १ हजार ३ सय ६३ प्रतियोगिता खेले र १ हजार २ सय ८१ गोल गरे । यसमध्ये ९१ गोल उनले ब्राजिलका तर्फबाट गरेका हुन् ।

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्