Logo
१३ बैशाख २०८१, बिहीबार
(July 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायिका के.सी.को तिज गित ‘बम बम भोला’ बजारमा

rita kcकाठमाडौ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तीजका भाकाहरु पनि बजारमा दिनानुदिन आइरहेका छन् ।

कलाकारहरु यतिबेला तिजका गित गाउन र गितको म्युजिक भिडियो बनाउन व्यस्त छन । हरेक वर्षको तिजमा जस्तै यसपाली पनि कलाकारहरुले आफ्नै आफ्नै शैलीमा तिज गितहरु बजारमा पस्कि रहेका छन ।

आशिष म्युजिकको प्रस्तुतिमा चर्चित गायिका रिता केसीको तिजको कोशेली “बम बम भोला ” सर्वजनिक भएको छ । “बम बम भोला” बोलको गीतलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो । चर्चित शर्जक तथा गायक शरद पाण्डेको शब्द रहेको गीतमा नरेश खाती छेत्रीले लय शृजना गरेका छन ।

बम बम भोला बोलको गीतमा गायक सन्दिप न्यौपाने र गायिका रिता केसीको स्वर रहेको छ । स्मृति तिमल्सिनाको निर्देशन रहेको भिडियोमा सन्दिप र रिताले अभिनय गरेका छन ।

सुरेस श्रेष्ठले छयांकन गरेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन ।

हेर्नुहोस भिडियो :-

प्रकाशित मिति: Jul 12, 2016

प्रतिक्रिया दिनुहोस्