Logo
१५ बैशाख २०८१, शनिबार
(July 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार सम्मेलन गरी राप्रपा नेपाल र राप्रपाबीच एकीकरणको घोषणा

kamal-thapaकाठमाडौं । कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल र लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको राप्रपाबीच एकीकरणको घोषणा गरिएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकीकरणको घोषणा गरिएको हो । दुवैदलबीच एकता गर्न गठित वार्ता समितिले सहमति गरिसकेपछि केन्द्रीयस्तरमा एकताको घोषणा गरिएको हो ।

दुवै दलको साउन दोस्रो सातादेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा एकता प्रस्ताव लैजाने राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनाए । ‘यही साउन दोस्रोसातादेखि सुरु हुने दुवै पार्टीको केन्द्रीय समितिमा पार्टी एकता सम्बन्धी प्रस्ताव पारित गरिने छ,’ पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने,‘दुवै पार्टी एकीकरणपछि केन्द्रीय समितिको संख्या ३ सय सदस्यीयसम्म हुनेछ।’

संवैधानिक राजतन्त्र र हिन्दुराज्य हुनुपर्ने माग राख्दै आएको राप्रपा नेपाल र गणतन्त्र र धर्मनिरपेक्षतालाई स्वीकार गरेको राप्रपाबीच यही वर्षभित्र एकीकरण गरिसक्ने सहमति भएको हो ।

संघीयता र राजतन्त्रको विषयमा एकता महाधिवेशन गर्ने निर्णयलाई स्वीकार गर्ने सहमति भएको छ भने दुवै दल मुलुकलाई हिन्दु राष्ट्र बनाउने विषयमा सहमत भएका छन् । एकतापछि राप्रपा नेपालले केन्द्रीय अध्यक्ष पाउने सहमति भएको छ भने राप्रपाले कार्यकारी अध्यक्ष पाउने सहमति भएको छ ।

प्रकाशित मिति: Jul 11, 2016

प्रतिक्रिया दिनुहोस्