Logo
१२ बैशाख २०८१, बुधबार
(July 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैतडीका १४ गाविस उच्च खाद्य असुरक्षित अवस्थामा

wheat....बैतडी । बैतडीका जिल्लाका १४ गाविस उच्च खाद्य असुरक्षित अवस्थामा छन् । जिल्लास्तरीय खाद्य सुरक्षा समितिको तेस्रो चौमासिक बैठकले ती गाविसमा खाद्य असुरक्षा उच्च रहेको निष्कर्ष निकालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

विभिन्न १७ वटा सूचकका आधारमा गाविसको खाद्य सुरक्षाको अवस्था विश्लेषण गर्ने गरिएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए।

खाद्य उपलब्धता, खाद्यमा पहुँच, खाद्यको उपभोग तथा निरन्तरतामा आधारित रहेर खाद्य सुरक्षाको अवस्था पत्ता लगाइन्छ । सूचकहरुलाई विश्लेषण गर्दा जिल्लाका आम्चोरा, विशालपुर, कुलाउ, महाकाली, पञ्चेश्वर, शर्माली, शिवनाथ, उदयदेव, कोटपेटरा, थालाकाँडा, सिगास, शिवलिङ्ग, न्वादेउ र ढुंगाड उच्च खाद्य असुरक्षित गाविसको सूचीमा छन्।

सुक्खा खडेरीका कारण हिउँदेबालीको उत्पादन ह्रास हुनु, घरधुरीको खाद्य सञ्चित घट्नु, जीवन निर्वाहका लागि वैकल्पिक उपाय अपनाउनुपर्ने अवस्था आएका कारण उच्च खाद्य असुरक्षित गाविसमा परेका हुन् ।

यस्तै २३ गाविस मध्यम खाद्य असुरक्षित अवस्थामा तथा २ नगरपालिका र बाँकी २१ वटा गाविस न्युनतम खाद्य असुरक्षित गाविसको सूचीमा रहेका छन् भन्दै राससले जनाएको छ ।

प्रकाशित मिति: Jul 11, 2016

प्रतिक्रिया दिनुहोस्