Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय क्रिकेट टोलीले बेलायतमा पाँच खेल खेल्ने

काठमाण्डौ । सोमवार बेलायत यात्रामा निस्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बेलायतमा पाँच खेल खेल्ने छ । साउन अन्तिममा हुने विश्व क्रिकेट लिगअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध हुने खेलको तयारीका लागि नेपालले थप चार खेल पनि खेल्ने भएको हो ।

नेपाल-बेलायत दौत्य सम्बन्ध स्थापनाको दुई सयौं वर्षगाँठको उपलक्ष्यमा लर्ड्स क्रिकेट मैदानमा हुने एमसीसीविरुद्धको खेल नेपालको मुख्य लक्ष्य हो । बेलायत बसाइमा नेपालले तीन एकदिवसीय र दुई टी-२० खेल्ने छ ।

टी-२० फरम्याटमा हुने यो खेल जिमखाना क्रिकेट मैदानमा हुनेछ। दोस्रो टी-२०मा असार ३० गते बिहीबार स्थानीय जिमखाना क्रिकेट क्लबले नेपालसँग प्रतिस्पर्धा गर्ने छ ।

काठमाडौंबाट सोमबार हिँड्ने टोली मंगलबार बेलायतको राजधानी लन्डन पुग्ने छ । लन्डनमा पहिलो खेल असार २९ गते बुधबार स्थानीय फ्री फरस्टेर क्रिकेट क्लबविरुद्ध हुने छ ।

तीन एक दिवसीयमध्ये पहिलो खेल असार ३१ गते शुक्रबार स्थानीय सीसीसी क्लबविरुद्ध हुने छ भने दोस्रो खेल साउन २ गते आइतबार इस्टबोर्न क्रिकेट क्लबविरुद्ध हुने छ ।

बेलायत बसाइको अन्तिम खेल साउन ४ गते लर्ड्स क्रिकेट मैदानमा स्थानीय मेरिलेबोन क्रिकेट क्लब(एमसीसी)विरुद्ध हुने छ । १० दिन बेलायतमा बसाइपछि साउन ६ गते लण्डनबाट हिड्ने टोली साउन ७ गते नेपाल आइपुग्ने कार्यक्रम छ ।

असार २९- नेपाल Vs फ्रि फरेस्टर – टी-२०
असार ३०- नेपाल Vs जिमखाना क्रिकेट क्लब- टी-२०
असार ३१- नेपाल Vs सीसीसी- ५० ओभर
साउन २- नेपाल Vs इस्टबोर्न क्रिकेट क्लब- ५० ओभर
साउन ४- नेपाल Vs एमसीसी- ५० ओभर

प्रकाशित मिति: Jul 11, 2016

प्रतिक्रिया दिनुहोस्