Logo
४ बैशाख २०८१, मंगलबार
(July 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२८ घण्टा बितिसक्दा पनि उस्तै छ तमोर नदी छेकिएर बनेको ताल

mitlun-

ताप्लेजुङ । सावादिन गाविसको नाक्ला भीर फुटेर मित्लुङ बजार छेउमा बनेको ताल २८ घण्टा बितिसक्दासम्म उस्तै  हालतमा रहेको छ, भने आसपासका बासिन्दामा त्रास बढदै गएको छ ।

आइतवार विहान २ वजेदेखि पहरो फुटेर बनेको ताल सोमवार विहान ६ बज्दा सम्म उस्तै रहेको स्थानिय पवन श्रेष्ठले बताए । राति पानी परेर असर गर्ला भनेर मित्लुङ बजारका बासिन्दाभने रातभरी नसुतेको बताए ।

श्रेष्ठका अनुसार आइतवार विहान ६ बज्दा हामिले जुन गतिमा देखेका थियौं, १० बजेसम्म केही घट्यो, त्यहादेखि स्थिर रहेको ताल वेलुका पानी परेपछि केही बढेको थियो, राती पानी नपरेपछि फेरी हिजो दिउँसोकै अवस्थामा छ ।

स्थानिय प्रशासनले भने प्रहरीको टोली ताल बनेको क्षेत्रमा राखेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोली फर्काइएको निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले बताए ।

खोक्लिङको थुम्वा, ताप्लेजुङ नगरपालिकाको हान्द्रुङ र खाम्लुङको दोभान बजारका बासिन्दापनि ढुक्कले सुतेका छैनन ।  #पत्रकार सुरज सैजुको सहयोगमा

प्रकाशित मिति: Jul 11, 2016

प्रतिक्रिया दिनुहोस्