Logo
१२ बैशाख २०८१, बुधबार
(July 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक यूरोकपको उपाधी उचाल्यो

Portugal-win-Euro
काठमाडौ । आयोक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ । निर्धारित ९० मिनेटसम्म दुबैतर्फबाट गोल नभएपछि अतिरिक्त समयमा पोर्चुगलले फ्रान्सलाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

घाइते भएपछि कप्तन तथा प्रमुख स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई २४ औं मिनेटमा गुमाएको पोर्चुगलले त्यसपछि पनि निरन्तर संघर्ष गर्दै उपाधि उचाल्न सफल भएको हो । पोर्चुगलका लागि खेलको १०९ औं मिनेटमा इडरले गोल गरेका थिए ।

उनले डी बक्स नजिकैबाट गरेको सटिक प्रहार पोस्ट्को दाहिने कुना च्याप्दै गोलमा परिणत भएको थियो । समूह चरणका तीन खेलमा जितबिहीन बन्दै अघि बढको पोर्चुगलले सेमिफाइनलमा विश्वविजेता जर्मनीलाई पाखा लगाएको फ्रान्सलाई उसकै भूमिमा हराउँदै इतिहास बनाएको हो ।

सन् २००४ मा घरेलु भूमिमै ग्रिससँग पराजित हुँदै उपाधि गुमाएको पोर्चुगलले फ्रान्सलाई उसकै घरेलु भूमिमा हराउन १०९ मिनेटसम्म कुर्नुपर्यो ।

रोनाल्डो बाहिरिएपछि दबाबमा पर्ने अनुमानविपरित पोर्चुगलले घरमा बिजेता बन्न आतुर फ्रान्सविरुद्ध बहादुरी देखाउँदै उपाधि उचाल्न सफल भयाो ।

प्रकाशित मिति: Jul 11, 2016

प्रतिक्रिया दिनुहोस्