Logo
१३ बैशाख २०८१, बिहीबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई राप्रापा एकीकरण गर्न सैद्धान्तिक र संरचनागत आठबुँदे सहमति

kamal-thapa
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच एकीकरण गर्ने सन्दर्भमा नीतिगत, सैद्धान्तिक र संरचनागत विषयमा आठबुँदे सहमति भएको छ । दुवै दलका वार्ता टोलीबीच भएको उक्त सहमतिले एकीकरण घोषणा गर्ने कार्यमा थप योगदान पुगेको विश्वास गरिएको छ ।

राप्रपा नेपाल संसदीय दलको कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गर्दै राप्रपाका महामन्त्री एवम् वार्ता टोलीका संयोजक बुद्धिमान तामाङले राष्ट्रवाद र प्रजातन्त्रमा विश्वास राख्ने दुवै पार्टीको अब ‘१० रिक्टर स्केलको भूकम्प आएपनि’ हल्लाउन नसक्ने दाबी गरे ।

सहमतिपत्रमा एकीकरणपछि राष्ट्रिय एकता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको संरक्षण र सम्वद्र्धन गर्दै मुलुकको राजनीतिक क्षितिजमा बहुदलीय प्रतिस्पर्धामा आधारित राष्ट्रवादी शक्तिका रुपमा रहने अठोट व्यक्त गरिएको छ ।

राप्रपा नेपालका उपाध्यक्ष एवम् वार्ता टोलीका संयोजक राजीव पराजुलीले पार्टी विभाजनको पीडाले एकताको प्रयासका लागि निकै मेहनत र परिपक्व बनाएकाले पार्टी एकीकरण अब सर्वसम्मत रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

आज भएको सहमति आआफ्नो दलको केन्द्रीय कमिटीबाट पारित गरेपछि आगामी साउन १० गतेभित्रमा एकता घोषणा कार्यक्रम गर्ने तयारीमा दुवै दल जुटेका छन् । पार्टी एकीकरणका लागि दुवै दलले छ महिनाअघि वार्ता टोली गठन गरेका थिए । दुवै पार्टीबीच एकीकरण भएपछि यो वर्षको अन्त्यसम्ममा महाधिवेशन गर्ने तयारी भइरहेको बुझिएको छ ।

राप्रपा नेपालले हिन्दू धर्म र राजतन्त्रलाई आफ्नो आस्थाका रुपमा व्याख्या गर्दै आएको छ भने राप्रपाले भने गणतन्त्र र सङ्घीयता सैद्धान्तिकरुपमै स्वीकारीसकेको छ ।

पुराना पञ्चको बाहुल्यता रहेका दुवै पार्टीमा नेपालको राजनीतिमा खारिएका नेता रहेका छन् । पार्टी एकीकरण गर्ने क्रममा एकीकृत पार्टीको नाम राप्रपा राख्ने, चुनाव चिह्न भने गाई हुने भन्नेमा सहमति नजिक रहेको बुझिएको छ ।

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्