Logo
१३ बैशाख २०८१, बिहीबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ईस्लाम धर्मावलम्बीद्धारा काठमाडौंमा सर्वधर्म सम्मेलनको आयोजना

ahamdiya-sangh

काठमाडौं । ईस्लाम धर्मावलम्बीहरुको विश्वव्यापी संस्था अहमदीया संघ नेपालले काठमाडौंमा सर्वधर्म सम्मेलनको आयोजना गरेको छ ।धार्मिक कट्टरपन्थी विरुद्ध मानवता सर्वप्रथमको नारा लिएर विश्वव्यापी रुपमा क्रियाशिल सो सस्थाले शनिबार काठमाडौमा आयोजना गरेको सम्मेलनमा सनातन हिन्दु, बौद्ध, जैन, शिख लगायतका धर्म गुरुको उपस्थितिमा धार्मिक सहिष्णुता कायम गरेर कसरी शान्ति कायम गर्ने भन्ने विषयमा छलफल भएको आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

पत्रकार सम्मेलनमा संघका नेपाल हेर्ने प्रमुख भारत पञ्जाबका मुनिर अहमद हाफिजाबादीले अहमदीय संघले धर्मको नाममा हुने सबै खाले आतंकबादी क्रियाकलापको विरोध गर्ने र सबै धर्मावलम्बिहरुको सम्मानबाट सद्भाव कायम गर्दै सबै साथ लिएर विश्वशान्तिकोलागि अघि बढ्ने उद्देश्य लिएको बताए ।

उनले सस्थाको प्रमुख सिद्धान्त नै सबैसँग प्रेम गर, कसैलाई घुणा नगर र मानवता पहिलो भन्ने रहेकोले आफूहरुलाई कट्टरपन्थी मुसलमानहरुले ईस्लामै नठान्ने गरेको गुनासो गरे ।

उनले ईस्लाम धर्मले कसैलाई पनि मार्नु भनेर कतै नभनेको स्पष्ट पार्दै कुरानमै सबै ऋषिमुनिहरुलाई अपमान गर्न नहुने उल्लेख भएको बताए । सस्थाका नेपाल अध्यक्ष कमरुल होदा अन्सारीले बुद्ध, राम, कृष्ण, मोहम्मद पैगम्बर सबै ईश्वरका दुत भएको भन्दै अरु धर्म गुरुहरुलाई पनि सम्मान गर्न सके समाजबाट सबै खाले धार्मिक द्धन्दको अन्त्य हुने विश्वास ब्यक्त गरे ।

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्