Logo
११ बैशाख २०८१, मंगलबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउतले  ल्याए १० लाख मधेशीकालागि रोजगारी परियोजना

dr-ck-raut

काठमाडौं  । मधेश राष्ट्र निर्माण अभियानमा लागेका डा. सीके राउतले १० लाख मधेशीहरुका लागि रोजगारी योजना सार्वजनिक गरेका छन् ।

राउतले ६ वर्षभित्र मधेश एउटा स्वतन्त्र राष्ट्र हुने ठोकुवा गर्दै त्यसका लागि पहिलेदेखि नै विशाल जनशक्ति तयार गर्न लागेको खुलासा गरेका छन् ।

उनले १०औं लाखको संख्यामा मधेशमा रोजगारीको सिर्जना हुने दाबी गरेका छन् । त्यो आवश्यकता पूरा गर्नका लागि पहिलेदेखि नै तयारीस्वरुप रोजगारीका लागि फाराम भर्नसमेत आह्वान गरेका छन् ।

जनशक्ति खोजी गरेर तयार गरी राखेपछि मधेश स्वतन्त्र हुने बित्तिकै उनीहरुलाई काममा लगाइने डा. राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत अनलाइन फारम पनि सार्वजनिक गरेका छन् ।

‘प्रथम १० लाख मधेशी रोजगारी परियोजना’ को नाम दिइ मधेशका कतिपय ठाउँमा सर्वेक्षणसमेत थालिएको उनले जनाएका छन् ।सर्वेक्षणमा देश–विदेशका सम्पूर्ण मधेशी जनता रोजगारीका लागि आफ्ना आवेदन दिएर आफ्नो भविष्य सुरक्षित गर्न आह्वानसमेत गरेका छन् ।

उनले हाल सरकारी वा अन्य रोजगारीमा रहेका मधेशीहरु सेना, प्रहरी, वैदेशिक रोजगारी, स्वरोजगारी वा व्यवसाय गर्ने मधेशीहरुले पनि फारम भर्नुपर्ने आग्रह गरेका छन् भन्दै हुलाकीन्यूजले खबर पोष्ट गरेको छ ।

यस्तो छ, भर्नुपर्ने फारम :

faram

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्