Logo
१५ चैत्र २०८०, बिहीबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ शक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा

Nayashakti

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गराएको छ । आइतबार नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई नेतृत्वमा निर्वाचन आयोगको कार्यालय कान्तिपथमा दल दर्ताका लागि निवेदन गरिएको हो ।

पार्टी दर्ताका लागि निवेदनपछि संयोजक भट्टराईले सञ्चारकर्मीहरुलाई नयाँ शक्ति नेपालले मुलुकमा हुन लागिरहेको तीनवटै निर्वाचनमा पहिलो स्थान हासिल गरेर मुलुकको नेतृत्व गर्ने बताए ।

‘सत्तामा पुगेर राज्यको नेतृत्व गर्ने हाम्रो अभिष्ट छ, आगामी डेढ वर्षभित्र स्थानीय निर्वाचन, प्रदेशको निर्वाचन र केन्द्रीय निर्वाचन हुन्छ,’ उनले भने, ‘ती तीनवटै निर्वाचनमा हामीले प्रथम स्थान हासिल गरेर देशको नेतृत्व गर्ने हाम्रो लक्ष्य छ ।’

संयोजक भट्टराईले नयाँ शक्ति नेपालमा रहेका पुराना सबै पार्टीहरु भन्दा फरक विशेषता भएको पार्टी भएको बताए । ‘यो पार्टीको अहिलेसम्म भएका सबै पार्टीहरुभन्दा केही भिन्न विशेषताहरु छन् ।’ उनले भने ।

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्