Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युरोकप फाइनल: फ्रान्सले जिते ३ अर्व ११ करोड, पोर्चुगलले जिते ३ अर्व पुरस्कार

euro cup

काठमाडौं । युरो कपको फाइनलमा आइतबार राती आयोजक फ्रान्स र पोर्चुगलले खेल्दै छन् । फाइनल जित्नेले युरो कपको उपाधि सँग सँगै मोटो रकम पनि हात पार्ने छ ।

यो युरो कपको आयोजक युरोपेली फुटबल महासंघ युइएफएले ३० करोड १० लाख युरो अर्थात ३५ अर्व ३९ करोड ८६ लाख नेपाली रुपैयाँ बराबरको पुरस्कार रकम छुट्याएको छ । युइएफएले घोषणा गरे अुनसार आइतबारको फाइनल जितेमा फ्रान्सले २ करोड ६५ लाख युरो अर्थात ३ अर्व ११ करोड ६४ लाख ९० हजार नेपाली रुपैयाँ पुरस्कार पाउने छ ।

पोर्चुगलले जितेमा भने २ करोड ५५ लाख युरो अर्थात २ अर्व ९९ करोड ८८ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउने छ । चार वर्षअघिको युरो कप जित्ने स्पेनले २ करोड ३० लाख युरो हात पारेको थियो ।

युइएफएले तयारी खर्च ८० लाख पाउण्ड, उपाधि जितेकोमा ८० लाख पाउण्ड, सेमिफाइनल पुगेकोमा ४० लाख पाउण्ड, क्वाटर फाइनल पुगेकोमा २५ लाख पाउण्ड, प्रिक्वाटर फाइनल पुगेकोमा १५ लाख पाउण्ड, समूह चरणको खेल जितेकोमा १० लाख पाउण्ड र बराबरी गरेकोमा ५ लाख पाउण्ड दिने घोषणा गरेको थियो ।

जस अनुसार आइतबारको फाइनल जितेमा फ्रान्सले २ करोड ६५ लाख युरो र पोर्चुगलले जितेमा भने २ करोड ५५ लाख युरो हात पार्ने छन् । उपाधि जित्ने टिमले युरोकप तथा खेलाडीले स्वर्ण पदक पनि पाउने छन् । पराजित हुने टिमका सदस्यले भने रजत पदक हात पार्ने छन् ।

युइएफएले युरो कपमा सहभागी सबै टिमलाई ८० लाख पाउण्ड अर्थात ९४ करोड ८ लाख २६ हजार नेपाली रुपैयाँ बराबरको तयारी खर्च दिएको थियो । त्यो रकम सहभागी सबै २४ टिमले पाइसकेका छन् ।

यो पुरस्कार रकम सम्बन्धित देशको फुटबल संघको खातामा जाने छ । सम्बन्धित देशको फुटबल संघले नै खेलाडीलाई तलब भत्ता तथा बोनस दिने छ ।

युइएफएले घोषणा गरेको पुरस्कार रकम
युरो कप विजेता: ८० लाख पाउण्ड अर्थात ९४ करोड ८ लाख २६ हजार नेपाली रुपैयाँ
उपविजेता: ५० लाख पाउण्ड ५८ करोड ८० लाख १७ हजार
सेमफाइनल पुग्ने चार टिम: फ्रान्स, जर्मनी, वेल्स र पोर्चुगल सबैले समान ४० लाख पाउण्ड अर्थात ४७ करोड ४१ लाख रुपैयाँ
क्वाटर फाइनलमा पुग्ने सबै ८ टिम: २५ लाख पाउण्ड अर्थात २ करोड ९४ लाख
प्रिक्वाटर फाइनलमा पुग्ने सबै १६ टिम: १७ करोड ६४ लाख
समूह चरणका खेल जित्नेले प्रतिखेल १० लाख पाउण्ड अर्थात ११ करोड ७६ लाख
समूह चरणका खेल बराबरी गर्नेले प्रतिबराबर ५ लाख पउण्ड अथात ५ करोड ८८ लाख
तयारी खर्च सबै २४ टिमलाई प्रति टिम : ८० लाख पाउण्ड अर्थात ९४ करोड ८ लाख २६ हजार नेपाली रुपैयाँ

प्रकाशित मिति: Jul 10, 2016

प्रतिक्रिया दिनुहोस्