Logo
११ बैशाख २०८१, मंगलबार
(July 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तरपार्टी यूवा सञ्जालद्धारा यूवा परिषद बाहिस्कारको घोषणा

sanjal-555x335

काठमाडौ  । प्रमुख पार्टीका यूवा भातृ संगठनहरु सम्मिलित अन्तरपार्टी यूवा सञ्जालले पुर्नगठन नगरे प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय यूवा परिषद र यूवा तथा खेलकुद मन्त्रालयले गर्ने सम्पूर्ण गतिविधी बहिस्कार गर्ने भएको छ । सञ्जालले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषदमा एउटा दलको कार्यकर्तामात्र भर्ति गरेर भर्तिकेन्द्र जस्तो बनाएको भन्दै यसलाई तत्काल सबैलाई समेट्ने गरी पुर्नगठन नगरुन्जेसम्म सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा सञ्जालकी संयोजक राधा घलेले सरकारले परिषद गठनमा कुनै एक दलको मात्रै भर्ति केन्द्र बनाए र परिषद गठनमा अन्य संगठनको भूमिकालाई अबमुल्यन गर्न खोजिएको आरोप लगाउँदै परिषद पुर्नगठन गरेर सबैलाई नसमेटे कडा आन्दोलनमा उत्रने चेतावनी दिईन ।  उनले कुनै एक दललाई मात्रै प्राथमिकता दिएर सञ्जालमा विभाजन ल्याउने योजना बनाईएको दावी गर्दै असार २६ गते प्रधानमन्त्रीबाट परिषदको कार्यालय उद्घाटन कार्यक्रमलाई बाहिस्कार गर्ने र त्यसलाई तत्काल नसच्याए थप आन्दोलनको कार्यक्रम ल्याउने स्पष्ट पारिन ।
पत्रकार सम्मेलनमा प्रगतिशिल यूवा संघका अध्यक्ष लोकेन्द्र शाही, समाजवादी यूवा फोरमका अध्यक्ष सुनिलकुमार चौधरी, सद्भावना यूवा मञ्चका उपाध्यक्ष रञ्जितकुमार सिंह, तराई मधेस यूवा फ्रन्टका सहमहासचिव कामे्रन्द्र बर्मा, राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठनका केन्द्रीय कार्य समिति सदस्य सूर्यबहादुर तामाङ, यूवा फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य झरना तिवारीले सरकारले परिषदलाई समग्र यूवाको हितमा भन्दा पनि पार्टीकरण गरेको भन्दै त्यसका विरुद्ध जस्तो सुकै आन्दोलन गर्न समेत तयार रहेको स्पष्ट पारेका थिए ।

सदभावना यूवा मञ्चका उपाध्यक्ष रञ्जितकुमार सिंहका अनुसार यूवा तथा खेलकुद मन्त्रालयले गत असार १९ गते परिषदलाई विस्तार गरि पुर्णता दिएको थियो ।

प्रकाशित मिति: Jul 9, 2016

प्रतिक्रिया दिनुहोस्