Logo
८ बैशाख २०८१, शनिबार
(July 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खड्का निकट भेला: हिन्दुराष्ट्रका लागि आन्दोलन गर्ने, पत्रकार त्रिपाठी, भण्डारीसम्मको उपस्थिती

Khadka News

काठमाडौँ । नेपाली कांग्रेस भित्र दर्जन केन्द्रिय सदस्यको साथ पाएका प्रभावशाली नेता खुम बहादुरखड्का निकटका नेता तथा कार्यकर्ताको ललितपुरस्थित लगनखेलको एक कराते हलमा भेला सम्पन्न गरेका छन् । आज अपरान्ह भएको सो गोप्य भेलाले नेपाली कांग्रेस लगायत देशैभरि हिन्दुराष्ट्रका लागि आन्दोलनको आन्तरिक तयारी गर्ने निर्णय समेत भएको छ ।

उपस्थित सयौं केन्द्रिय नेता तथा कार्यकर्ताको भेलाले अब हिन्दुराष्ट्रका लागि बृहत आन्दोलन गर्ने र यो आन्दोलनले नेपाललाई सनातन हिन्दुराष्ट्र कायम गराएर छाड्ने अठोट समेत लिएको छ । नेपाली कांग्रेस हिन्दुराष्ट्र पुनस्थापना महाअभियानका संयोजक समेत रहेका पार्टीका प्रभावशाली नेता खड्का भन्छन, मलाई स्वास्थ्यले केहि समय साथ दिएन तर पनि हिन्दुको एजेण्डाबाट हामी कहिं कतै पनि बिचलित छैनौं । आफुले कहिले पनि पदको लागि राजनीति नगरेको भन्दै पार्टिको गरिमा बढाउने हो भने बिपीको बिचारलाई केहि रुपमा परिमार्जन गर्दै नेपाललाई हिन्दु राष्ट्र कायम गराउनु पर्ने बताउनु भएको थियो ।

मैले गिरिजाबाबुलाई मन्त्रीको पद पनि बुझाएको छु भन्दै खड्काले कांग्रेसलाई बचाउन जस्तो पनि कदम उठाउन तयार रहेको पनि बताए । म अहिले स्वस्थ भइसकेको छु । नेपालको गरिमा सनातन हिन्दुराष्ट्र कायम राख्नका लागि मेरो सक्रियता निरन्तर छ । पछिल्लो समय देशभरिबाट विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा हिन्दुवादी अगुवाहरुसँग मेरो निरन्तर वार्ता भइरहेको छ । हिन्दुराष्ट्रका लागि अब गरिने आन्दोलन वारका पार हुने निश्चित छ । मुलुकको विभिन्न स्थानमा हिन्दुराष्ट्र स्थापनाका लागि पहिलो चरणमा गोष्टी गर्ने त्यसपछि आन्दोलन बाटै मुलुकलाई हिन्दुराष्ट्र गराउने हो उनले थपे ।

खुमबहादुर खड्काको नेतृत्वमा गठन भएको महाअभियान अब कांग्रेसको मात्र हुदैँन सारा राष्ट्रबादी र हिन्दु«बादी एकै ठाउँ उभिने उनले बताएका छन् । नेपाली कांग्रेसले धर्म निरपेक्षतालाई स्वीकार गरिसकेको अवस्थामा पार्टी नीति विपरित हिन्दुराष्ट्र फर्काउने समिति निरन्तर सक्रिय भएर लागेको छ । त्यसै गरि आजको भेलाले केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल,पुष्पा भुसाल ,शंकर भण्डारी,अजय चौरासीया लगायतका नेताले १३ औं महाधिबेशनको सहमति अनुसार नेता खड्कालाई छिट्टो उप शभापति बनाउन दबाव दिने निर्णय समेत गरेको छ ।

भेलामा केन्द्रिय सदस्य देवेन्द्रराज कँडेल,शंकर भण्डारी , पुष्पा भुसाल डडेलधुरा जिल्ला शभापति कर्ण मल्ल , दाङ जिल्ला शभापति क्रिती खड्का ,रौतहट जिल्ला शभापति कृष्ण यादव,  मकवानपुर जिल्ला शभापति इन्द्र बानियाँ , सासंद तप्तबहादुर बिष्ट , शुसिला चौधरी , दिपक खड्का ,दिपक खनाल,  राजु खनाल, बुद्धिराम भण्डारी, पुर्वमन्त्री शिवराज जोशी, पुर्वमन्त्री दुर्योधनसिंह चौधरी, पुर्वमन्त्री रबिन्द्र श्रेष्ठ, नेता चन्द्र केसी, रामजीवन सिंह, भोला थापामगर, रमेशजंग रायमाझी , महासमिती सदस्य मिनकृष्ण महर्जन, अमित शेरचन ,रमेश पाण्डे ,बिर बहादुर लामा, भुमा पाण्डे, पत्रकार देवप्रकाश त्रिपाठी, छायाचन्द्र भण्डारी,  कुमार रेग्मी, प्रेम लामा लगायतकाहरुको उपस्थिती रहेको थियो ।

Khadka News

प्रकाशित मिति: Jul 9, 2016

प्रतिक्रिया दिनुहोस्