Logo
१३ बैशाख २०८१, बिहीबार
(July 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई दिवसीय मैथिली साहित्य गोष्ठी शनिबार पनि जारी

maithili-sahitya-gosthi

जनकपुरधाम  । शुक्रबारबाट सुरु भको दुई दिवसीय मैथिली साहित्य गोष्ठी शनिबार पनि जारी रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान तथा डा. राजेन्द्र विमल प्रतिष्ठानको संयुक्त आयोजनामा जनकपुरधाममा भइरहेको उद्घाटन शुक्रबार एक समारोहका बिच गरिएको थियो ।

अनलाइन पत्रिका हुलाकीन्यूजका अनुसार  पहिलो दिन शुक्रवार दुई वटा पुस्तक लोर्कापण गरिएको छ भने मैथिलीको वर्तमान अवस्था, चुनौती, आगामी रणनिति लगायतको विषयमा तीन जनाको कार्यपत्र माथि चर्चापरिचर्चा भएको छ ।

उदघाटन समारोहमा डा.राजेन्द्र विमल, साहित्यकार डा. रेवती रमण लाल, नेकपा एमालेका केन्द्रिय सदस्य श्रीप्रसाद साह, नेकपा माओवादी क्रान्तिकारीका नेता तथा साहित्यकार रोशन जनकपुरी, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष इश्वर चन्द्र झा, मिनापका पूर्व अध्यक्ष तथा गायक सुनिल मल्लिक, सेभ हिस्टोरिकलका संयोजक रामअशिष यादव, लेखक तथा प्राज्ञ रमेश रंजन झा, नागरिक समाजका अगुवा रामरतन मिश्र, साहित्यकार तोयाराज घिमिरे लगायतले मैथिली साहित्यको विकासमा राज्यले विभेद गरेकोमा जोड दिएका थिए ।

नेपाली कांग्रेसका नेता तथा लेखक महेन्द्र कुमार मिश्रको उर्दु गजल ‘अफगाह’ र साहित्यकार रामहृदय प्रसादको हिन्दी खण्डकाव्य ‘जनकपुर दर्पण’ लोकार्पण गरियो । मैथिली विभागका प्रमुख परमेश्वर कापडी, डा.बिरेन्द्र पाण्डे र साहित्कार अशोक दत्तले कार्यपत्र प्रस्तुत गरेका थिए । दोस्रो दिन शनिवार दिउंसो १ बजेबाट कवि गोष्ठी हुने कार्यक्रम रहेको आयोजक डा. राजेन्द्र विमल प्रतिष्ठानका अध्यक्ष बिजय दत्तले बताए ।

प्रकाशित मिति: Jul 9, 2016

प्रतिक्रिया दिनुहोस्