Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन दिनपछि जनकपुरमा फेरी फालेको अवस्थामा भेटियो नवजात छोरी

Bacha

जनकपुरधाम  । जनकपुरमा छोरी बच्चा फालेको अवस्थामा फेला परेको तीन दिन नवित्दै फेरी फालेको अवस्थामा नवजात बच्चा फेला परेको छ । जनकपुरको बाह्रबिघामैदानको पश्चिमपट्टी झाडीमा फालेको अवस्थामा शुक्रबार दिउँसो करिब ४-५ दिनको छोरी नवजात बच्चा फेला परेको हो ।

बाटो हिड्ने बटुवाहरुले झाडीमा शिशु रोईरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बच्चालाई तत्कालै उद्धार गरी जनकपुर अंचल अस्पतालमा भर्ना गरेको छ । पछिल्लो पटक जनकपुरमा अनैतिक सम्बन्धबाट जन्मिने छोरा र छोरीलाई फाल्ने क्रम बढेको छ ।

तीन दिन अघि मात्र जनकपुरको पिडारीचोकदेखि केहि पश्चिम खुल्ला चौरमा फालिएको अवस्थामा करिब ४ दिनको छोरी नवजात शिशु फेला परेको थियो ।

त्यस अघि बाह्र विघाकै पश्चिमपट्टी छेउमा हत्या गरेर फालिएको अवस्थामा छोरा शिशुको शव फेला परेको थियो । यस्तै दुई महिना अघि मात्र जनकपुरको दशरथ तलाउँ र पिडारीचोक स्थित गोरधोई पोखरीमा हत्या गरेर फालिएको अवस्थामा छोरा शिशु फेला परेको थियो ।

खास गरी बैदेशिक रोजगारीमा गएका केहि पुरुषका श्रीमतीहरु परपुरुषसंग सम्बन्ध राख्दा बसेको गर्भ पछि जन्मेको बच्चा फाल्ने क्रम बढेको सरोकारबालाहरुको आशंका छ ।

त्यस्तै अनैतिक संम्बन्धबाट गर्भबसेका चेतना भएका महिला जनकपुरका निजी क्लिनिकहरुमा गएर गर्भ तुहाउँने र त्यति चेतना नभएका महिला जन्माएरै शिशुलाई हत्या अथवा त्यसै फाल्ने गरेको बुद्धिजिवीहरुको कथन छ ।  पत्रकार शैलेन्द्र क्रान्तिको सहयोगमा

प्रकाशित मिति: Jul 9, 2016

प्रतिक्रिया दिनुहोस्