Logo
८ बैशाख २०८१, शनिबार
(July 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थरुहटरथारुवानद्धारा असहयोग र भद्र अवज्ञा आन्दोलनको घोषणा

tharuhat-tharuwan
काठमाडौं । थरुहट/थारुवान संयूक्त संघर्ष समितिले असार २४ गतेदेखि साउन २३ गते सम्म एक महिना लामो असहयोग र भद्र अवज्ञा आन्दोलनको घोषणा गरेको छ ।

घोषित आन्दोलनको कार्यक्रममा असार २४ गतेदेखि साउन २३ गतेसम्म नेपाल सरकारद्वारा आयोजित सम्पूर्ण कार्यक्रमहरुलाई असहयोग, बहिस्कार र भद्र अवज्ञा गर्ने, सो समयमा थारु समूदायले हातमा कालोपट्टी बाध्ने थरुहट जिल्लाका प्रत्येक घर, चौक र बजारमा कालोझण्डा झुण्ड्याउने, प्रत्येक दिन दिउसो १२ बजेदेखि १ बजेसम्म एक घण्टा लाल्टिन, दियो,टुकी र मैनबत्ति बाल्ने रहेको छ ।

त्यसैगरी पायक पर्ने स्थानमा साउन १५ गते मुखमा कालोपट्टी बाधेर लाल्टीन जुलुस र धर्ना दिने, असार ३१ गते काठमाडौको न्यूरोड गेट, साउन ७ गते सिंहदरवारको पूर्वी गेट, साउन १४ गते प्रधानमन्त्री निवास र साउन २१ गते राष्ट्र संघको कार्यालय अगाडि दिउसो १२ बजेदेखि १ बजेसम्म लाल्टिन, टुकी, दियो र मैनबत्ति बालेर मुखमा कालो पट्टी बाँधी धर्ना दिने र साउन २७ गते आन्दोलन एक वर्ष पुगेको अवसरमा आन्दोलनलाई थप उचाईमा पुर्याउने गरी मनाउने रहेको छ ।

समितिका सदस्य राजकुमार लेखीले थरुहट स्वायत्त प्रदेशको ग्यारेन्टी नभएसम्म आफूहरुको आन्दोलन नरोकिने स्पष्टपार्दै आफूहरुसँग मुद्दा मिल्ने सबै समूहसँग कार्यगत एकता हुन सक्ने बताए । उनले मधेशी मोर्चा र संघीय गठबन्धन देश टुक्राउने र कुनै जातिलाई लखेट्ने उद्देश्यले नभएको भए आफुहरुसँग सहकार्य हुन सक्ने स्पष्टपारे ।

समितिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । समितिले संबैधानिक परिषद, न्यायपरिषद, मन्त्रिपरिषदले राज्यको विभिन्न अंग, निकाय र तहमा भएाक मनोनयन र नियूक्तीहरु संघीय गणतान्त्रिक संविधानको मर्म र प्रस्तावना विपरित रहेको भन्द गंभिर आपत्ति प्रकट गरेको छ ।

उनले एकल जातिय नस्लबादीहरुलाई हालसम्म पनि अघोषित बिशेषाधिकार र आरक्षण कायम गरेर थारुहरुलाई निषेध गरिएको यो घटना समानुपातिक प्रतिनिधित्वको विपरित भएको दावी गरेको छ ।

प्रकाशित मिति: Jul 9, 2016

प्रतिक्रिया दिनुहोस्