Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौहत्या गरेको आरोपमा सप्तरीमा एक पक्राउ

Girphtar

राजविराज । गौहत्या गरेको आरोपमा सप्तरीमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौहत्या गरेर फरार भनिएका कासिम मन्सुरीलाई प्रहरीले शुक्रबार अपराह्न पक्राउ गरेको छ ।

मन्सुरीलाई २०७२ साल साउनमा गौहत्या गरेको आरोप लगाइएको छ । अन्य फरार अभियुक्तको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरी, बैरवा गाविस–५ का ५५ वर्षीय मन्सुरीलाई उनको घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए ।

यस्तै दुई वर्षदेखि वन मुद्दामा फरार कञ्चनरुप नगरपालिका–९ की ३५ वर्षीया लक्ष्मी चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको छ । चौधरीलाई २०७१ सालमा जिल्ला अदालत राजविराजले वन मुद्दाको आरोपमा रु १० हजार ४२० जरिवाना गरेको थियो ।

प्रकाशित मिति: Jul 9, 2016

प्रतिक्रिया दिनुहोस्