Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ कार्यसमिति चयनका लागि सर्वोच्च बारमा मतदान 

BNar

काठमाडौँ ।  सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । पाँच पदाधिकारीसहित १५ नयाँ कार्यसमितिका लागि  निर्वाचन सुरु भएको निर्वाचन समितिका संयोजक राजु बस्नेतले जानकारी दिए ।

साँझ ७ बजेसम्म मतगणना सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ । बारको परिसरमा हुने निर्वाचनमा कुल मतदाता ५८० छन् । प्रगतिशील समूहको प्रतिनिधित्व अधिवक्ता रामप्रसाद भण्डारीले तथा लोकतान्त्रिक पक्षको प्रतिनिधित्व शैलेन्द्रकुमार दाहालले गर्दै छन् ।

निर्वाचनमा बृहत् लोकतान्त्रिक, पेसागत तथा समावेशी समूह र पेसागत, प्रगतिशील, गणतान्त्रिक, देशभक्त एवम् समावेशी कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने हुँदैछ । निर्वाचन अपराह्न २ बजे सम्पन्न हुने र ३ बजेदेखि मतगणना हुने संयोजक बस्नेतले बताए ।

प्रगतिशील समूहका उपाध्यक्षमा नारायणप्रसाद प्रसाईं, सचिवमा रामबहादुर थापा, सहसचिवमा अञ्जु उप्रेती ढकाल र कोषाध्यक्षमा जगतबहादुर कार्की उम्मेदवार रहनुभएको छ ।

त्यस्तै सदस्यमा लक्ष्मी पोखरेल, मोहम्मदशेख अब्बास, राम राउत, धीर्जराज पोखरेल, सन्तकुमार बास्कोटा, द्रोणप्रसाद दाहाल, हरिबहादुर कार्की, श्रुतिकुमारी रेग्मी, पुष्पराज पौडेल र श्रवणकुमार चौधरी रहेका छन् ।

लोकतान्त्रिक समूहका उम्मेदवारमा उपाध्यक्षमा धर्मराज रेग्मी, सचिवमा विष्णु लुइँटेल, सहसचिवमा अमिता दीक्षित, कोषाध्यक्षमा दयाराम हुमागार्इं छन् ।

दुवै समूहले कानुन व्यवसायलाई मर्यादित एवम् स्वच्छ व्यवसायका रुपमा प्रवद्र्धन तथा स्थापित गर्दै सामाजिक मान, प्रतिष्ठा अभिवृद्धि गर्ने, बारलाई वास्तविक अर्थमा सर्वोच्च र गरिमायुक्त बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन्

सो समूहबाट सदस्यमा शर्मिला श्रेष्ठ, गीता अर्याल, नारायणप्रसाद भट्टराई, पूर्णिमा रिमाल गुरागार्इं, सुरेशकुमार पौडेल, रामेश्वर पोखरेल, अवतार न्यौपाने, रामकृष्ण भण्डारी, राजेन्द्रप्रसाद साह र रमेश महर्जन रहेका छन् ।

प्रकाशित मिति: Jul 9, 2016

प्रतिक्रिया दिनुहोस्