Logo
७ बैशाख २०८१, शुक्रबार
(July 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको इतिहास तोडदै द्योग वाणिज्यमा एमालेको बस्नेत विजयी

Sunsari news

सुनसरी । उद्योग वाणिज्य संघ इटहरीको नयाँ नेतृतवमा एमाले निकट व्यवसायी लिलम बस्नेत बिजयी भएका छन् । कांग्रेस, माओवादी केन्द्र र राप्रपा नेपालको समर्थन पाएका इश्वरी पराजुलीलाइ पराजित गर्दै बस्नेत विजयी भएका हुन् ।

यो सँगै उद्योग वाणिज्य संघ इटहरीको इतिहासमा करिब ३० वर्षसम्म नेपाली कांग्रेस समर्थक व्यापारीहरुले बनाएको किल्ला एमाले समर्थित व्यापारीको टिमले पहिलोपटक भत्काइदिएको छ ।

लिलम बस्नेतले अध्यक्षमा १८५० मतसहित शानदार जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ईश्वरी पराजुलीले १३९५ मत पाएका छन ।

शुक्रबार बिहानदेखि सदस्यहरुको मत गन्न सुरु गरिएको थियो । सो क्रममा उद्योग, वाणिज्य, वस्तुगत तथा एशोसिएसटतर्फका अधिकांश पदमा एमाले प्यानलबाट उम्मेद्वारीले जितेका छन ।

उद्योग वाणिज्य संघ इटहरीमा बस्नेतसहित अधिकांश सदस्य उनकै प्यानलबाट आएका छन । बिहिबार उवासंघको नयाँ नेतृत्वको लागि मतदान भएको थियो । ३३ सय ४० व्यापारी, व्यवसायी र उद्योगीले मतदानमा सहभागिता जनाएका थिए ।

महिला सदस्यको २ स्थानमा पनि एमाले प्यानलकै मुना तिम्लिसना र रञ्जु सिग्देलले बिजयी हासिल गरेका छन । उद्योगतर्फ पराजुली प्यानलका दिवस पोखरेल र लक्षमण हुमागाइ बिजयी भएका छन् भने लिलम प्यानलबाट राजेन्द्र केशरी घिमिरे र बजरंगलाल अग्रवाल बिजयी भएका छन् ।

सदस्यहरुमा वाणिज्यतर्फ एमाले प्यानलका शैलेश बिष्ट, भूपेन्द्र बराल, टंक खनाल, कमल पौडेल, विश्वराज धिमाल र उमानाथ दाहाल विजयी भएका छन् । कांग्रेस लगायतका दल समर्थित प्यानलबाट अनिल सुब्बा, भीम पौडेल र श्याम रिजाल निर्वाचित भएका छन् ।

एशोसिएसटतर्फ पनि एक मत अन्तरले मात्र एमाले प्यानलकै सुदीप घिमिरे विजयी भएका हुन् । वस्तुगततर्फ पराजुली प्यानलका नवराज काफ्ले विजयी भएका छन् । लक्ष्मी धिताल र सन्तोष आचार्यको बराबरी मत आएपछि गोलाप्रथाद्वारा बिजयीको टुंगो लगाइने बताइएको छ ।

प्रकाशित मिति: Jul 9, 2016

प्रतिक्रिया दिनुहोस्