Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पोइला जान पाँम’ भन्ने कोमल वलीको ‘पोइ’ माग्दै शिवजीलाई अन्तिम चेतावनी

komal-oli-facebook-(1).jpg

काठमाडौं । रेडिया नेपालमा कार्यरत संचारकर्मी तथा लोक गायिका कोमल वलीले भगवान् शिवजीलाई पोइ चाहियो भनेर अन्तिम चेतावनी दिएकी छन ।

उनले यस्तै आश्यको नयाँ तीजको गीत तयार पारेर चेतावनी दिएकी हुन । उनले ‘पोइ’ शब्द राखेर अन्तिम गीत गाएको समेत बताइन् । “पोइ शब्द राखेर गीत गाउने श्रृङ्खला अन्तिम हो,” वलीले भनेकी छन,“गीतमा शिवजीलाई चेतावनी दिइएको छु ।”

गयो दिदि जवानीको रस
राजनीति गर बरु नेता भएर बस
कुरो बुझ्या खोई, दिदि कुरो बुझ्या खोई
नेता बनेर देश चलाउ, किन चाहियो पोइ  !

13590455_927601920695014_751119529994849204_n

‘कोटी–कोटी हो शिव कोटी कोटी हो, पोइ चाहियो भनेर गीत गाउने मेरो लास्टै चोटी हो,’ भन्ने शब्द रहेको गीतको अहिले रेकर्डिङ र छायाँकन पनि सकिएको ब्रहखरीले समाचार उल्लेख गरेको छ ।

तीज लक्षित गीत केहीदिनमै बजारमा आउने उनले बताइन् । लोकगायक पशुपति शर्मासँग उनले गीत गाएकी हुन ।

वलीले हरेक वर्ष तीजको अवसरमा एउटा गीत ल्याउँछिन् । ‘पोइ’ जोडेर गाएका धेरैजसो गीत सार्वजनिक भएपछि उनी बेला बेला विवादमा पनि पर्दै आएकी छन् ।

पोइल जान पाम, गोजीमा गाँठ भाको त कहिले बदमास् रैछौ शिवजी भनेर वलीले हरेकवर्ष शिवजीसँग दुखेसो पोख्ने गर्छिन् ।

यसपाली पनि उनले भगवान् शिव लाई पोइ चाहियो भनेर गीत गाउने अन्तिम पटक हो भन्दै चेतावनी नै दिएकी छन् ।  यो गीत गायक पशुपति शर्माले तयार गरिदिएका हुन् ।  

“तीज पर्व नै हिन्दु नारीको महान् पर्व हो,” वलीले भनिन्,“तीजमा श्रीमान्का लागि वर्त बस्ने पर्व भएकाले पनि श्रीमानसँग सम्बन्धित हुन्छ ।

त्यसैले मैले ‘पोइ’ शब्द राखेर गीत गाउने गरेकी छु ।” तीज गीत नाच्न मिल्ने खालको रमाइलो मन पराइने भएकाले पनि यस्ता गीत आफुले गाउने गरेको उनले सुनाइन् ।

“महिलाले भगवान् शिवजीसँग आफ्ना वेदना पोख्छन्,” उनले भनिन्,“त्यसैले पनि तीजमा भगवान् शिवको महत्व रहने भएकाले शिवलाई सम्झिएर गीत गाएको हो ।”

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्