Logo
१२ बैशाख २०८१, बुधबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतिय राजदुतको तर्क: “नेपाल–भारत सम्बन्धको नयाँ अध्याय सुरु” 

with HE rae

धादिङ । नेपालका लागि भारतीय राजदूत रन्जित रेले नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने बताएका छन्। दुईदेशबीचको सम्बन्ध अब नयाँ अध्यायबाट सुरु भएको उनको दाबी छ ।

धादिङमा चामभन्ज्याङ खानेपानी परियोजनाको शिल्यान्यास गर्दै राजदूत रेले भने,‘नेपाल–भारत सम्बन्ध अब विकासको माध्यमबाट अघि बढ्छ, यो प्रगाढ सम्बन्धलाई कसैले चाहेरपनि विर्गान सक्दैन्।’ दुईदेशबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको उनको भनाइ छ ।

राजदूत रेले सम्बन्ध सुदृढका लागि विज्ञ समुहले काम गर्ने बताए। उनका अनुसार छिट्टै दुईदेशबीचको प्रवुद्ध व्यक्ति समुहको बैठक समेत बस्नेछ । उनले भारत सरकार नेपाललाई आर्थिक रुपमा बलियो भएको हेर्न चाहेको बताए । दुईदेशबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा विकासको एजेण्डाबाट अघि बढ्ने उनको विश्वास छ ।

राजदूत रेले नेपाल–भारत सम्बन्ध सामाजिक, साँस्कृति, धार्मिक सबै हिसावले ऐतिहासिक भएको टिप्पणी गरे । उनले भारत नेपालको तिव्र विकास होस भन्ने पक्षमा रहेको बताए। ‘राजनीतिक स्थायित्वसँगै नेपालको तिव्र विकास होस्, हामी यही हेर्न चाहान्छौं,’ उनले भने ।

राजदूत रेले नेपालमा महाविनाशकारी भूकम्प आउँदा भारतले आफ्नै देशमा भूकम्प आएको महशुस गर्दै सहयोग गरेको स्मरण गर्दै मित्रतामा कहिलेकाँही सम्बन्ध चिसिएपनि त्यसले झनै मित्रतालाई प्रगाढ बनाउने काम गर्ने दाबी गरे ।

उनले भारत सरकार नेपालको तिव्र विकासको लागि भौतिक पूर्वाधार, उर्जा, शिक्षा, स्वास्थ्यलगायत खानेपानीमा विशेष सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे । पत्रकार शंकर श्रेष्ठको सहयोगमा

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्