Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रै समाजमा: श्रीमानलाई नै हत्कडी लगाई बाँधेर राख्नु परेपछि …!

Srimanमहोतरी । एक जना महिलाले बाध्यताबस आफ्नो श्रीमानलाई हत्कडी लगाएर अढाई वर्षदेखि राखेकी छन् । महोत्तरीको बिजलपुरा–१ जुडीकी ३० वर्षीया भागकुमारी देवीले आफ्नो श्रीमानलाई हतकडी लगाएर राखेकी छिन् । भाग कुमारीकी ३३ वर्षीय श्रीमान बलिराम सिंहलाई अढाई बर्षदेखि फलामे सिक्डी हातमा लगाएर बाँधेर राख्दै आएकी हुन् ।

सिंहको शरीरमा माघको कठ्ंग्रिदो जाडो होस् या वैशाखको गर्मी उनको शरिरमा एउटा गन्जी बाहेक अरु लुगा हुँदैन । उनको शरीरमा गन्जी लगाउन समेत भाग कुमारीलाई समस्या नै हुन्छ । हातमा लगाइएको हतकडीले गर्दा बलिरामको शरीरमा गन्जीको माथिल्लो भाग च्यातेर काँधमा नखुस्किने गरि गाँठो पार्नुपर्छ ।

घरपरिवारले उनलाई कुनै रहरले हतकडी लगाएका होइनन्, बाध्य भएर लगाएका हुन् । ११ बर्षदेखि मानसिक रोगबाट पीडित बलिरामले आफ्ना ६० वर्षीय बुबा खेहरु सिंहलाई लाठ्ठीले ठाउको फुटाई दिएका थिए । समुदायमा दानवीय व्यवहार देखाउन थालेपछि बलिरामको हातमा हतकडी लगाइएको हो ।

बलिरामको कुटाईबाट उनका बुवा खेहररु गम्भीर घाइते भएका थिए । अढाई बर्षअघि ११ लाखमा एक बिघा खेत बेचेर उनको बुबाको उपचार गरियो तर, पूर्ण रुपमा निको भने भएको छैन ।

बलिरामकै उपचारमा पनि झन्डै १० लाख खर्च भइसकेको उनकी श्रीमती भागकुमारी देवी बताउँछिन् । मानसिक रोगबाट पीडित सिंहले डाक्टरको सल्लाह बमोजिम औषधी खान मान्दैनन्, जसले गर्दा उनी पहिलेको अवस्थामा फर्किन सकेको छैनन् ।

तीन छोरी र एक छोराको बाउ रहेका बलिरामको घर परिवारमा पुरुष मान्छे अभिभावक नहुदाँ घरपरिवारलाई घर व्यवहार धान्न हम्मेहम्मे परेको छ । बलिरामले बुबालाई कुट्दा उपचारमा खर्चिएको ३ लाख अझैँ कर्जा छ ।

क्षणमै रिसाउने, कराउने, मान्छेहरुलाई देख्न नसक्ने, घरमाथि, मान्छेमाथि ढुंगा फ्याल्ने जस्ता कार्यबाट घर परिवारका सदस्यहरु आजित भइसकेका छन् । रातीराती हिँड्नेलगायतका कार्यले गर्दा घर परिवार मानसिक दवावमा छन् । कक्षा १० सम्म पढेका बलिराम अहिले मानसिक रोगबाट पीडित भएपछि घर न घाटका भएका छन् । महोतरीबाट पत्रकार राजकरण महतोको सहयोगमा

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्