Logo
५ जेष्ठ २०७९, बिहीबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विरोध र्‍यालीको क्रममा चार प्रहरीको हत्या 

Videsh News (1)

डालास । दुई जना अश्वेत नागरिकको हत्या गरेको विरोधमा आयोजित र्‍यालीका क्रममा अज्ञात बन्दुकधारीले चार जना प्रहरीको हत्या गरेका छन् । डालास प्रहरीका अनुसार र्याली भइरहँदा स्नाइपरहरुले प्रहरीमाथि आक्रमण गरेका थिए ।

प्रहरीसँगको भिडन्तपछि एक जना संदिग्ध आक्रमणकारी पक्राउ परेको र अर्कोले प्रहरी समक्ष आत्मसमर्पण गरेको डालास प्रहरीले जनाएको छ ।

र्‍यालीकै क्रममा गोलीबारी शुरु भएपछि भागदौड मच्चिएको थियो । प्रहरीले दुई अश्वेत नागरिक, मिनिसोटामा फिलान्डो क्यासिल र लुसियानामा एल्टन स्टर्लिङ, को हत्या गरेपछि बिरोध र्यालीको आयोजना गरिएको थियो ।

उक्त घटनाको व्यापक विरोध भइरहेको छ भने यस्ता र्याली अमेरिकाका विभिन्न सहरमा आयोजना भइरहेको छ । डालास प्रहरीका प्रमुख डेभिड ब्राउनले ११ जना प्रहरीमाथि स्नाइपरहरुले ‘एम्बुस’ गरेर गोली प्रहार गरेको जानकारी दिए ।

शुरुमा तीन जनाको मृत्यु भएको बताइएकोमा पछि संख्या चार पुगेको प्रहरीले बताएको छ । ‘यो घटना नियोजित देखिन्छ । उनीहरु सकेसम्म धेरै प्रहरीलाई मार्न र घाइते बनाउन चाहन्थे,’ ब्राउनले भने ।  प्रहरीले घटनामा संदिग्ध रहेको एक व्यक्तिको तस्विरसमेत जारी गरेको छ ।

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्