Logo
१३ बैशाख २०८१, बिहीबार
(July 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुशासन उल्लघंन गरेको भन्दै स्वास्थ्य मन्त्रालयबाट ५२ कर्मचारी बर्खास्त

ministery-of-health

काठमाडौं ।  अनुशासन उल्लघंन गरेको भन्दै स्वास्थ्य मन्त्रालयले  ५२ कर्मचारीहरुलाई स्वास्थ्य सेवाबाट बर्खास्त गरेको छ । ६० दिनभन्दा लामो बिदामा बसेपछि उनीहरुलाई मन्त्रालयले बर्खास्त गरेको हो ।

बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी सेवाबाट बर्खास्त गर्न सकिने प्रावधान रहेको छ ।

भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहर गर्दै मन्त्रालयले उनीहरुलाई सेवाबाटै बर्खास्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बर्खास्तमा परेकाहरुमध्ये सबैभन्दा बढी स्टाफ नर्स रहेको मन्त्रालयले बताएको छ ।

 

प्रकाशित मिति: Jul 8, 2016

प्रतिक्रिया दिनुहोस्