Logo
११ बैशाख २०८१, मंगलबार
(July 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१३ करोडको लगानीमा लेखनाथमा गुडलक रिसोर्ट सञ्चालनमा 

Pokhara Newsपोखरा । कास्कीको लेखनाथ नगरपालिका वेगनासताल नजिकै फलामेढापमा कटेजवाट माछा मार्न सक्नेगरी सुविधा सम्पन्न फिसरी होटेल खुल्ने भएको छ।

कुल १३ करोडको लगानीमा निर्माण भइरहेको यो रिसेर्टमा तीनवटा पोखरी रहेका छन्। यो रिसोर्टमा दुइवटा पोखरीमा वाहिरवाट ल्याएका माछाहरु रहन्छन् भने एउटा पोखरीमा लोकल जातका माछाहरु रहने श्रेष्ठले जानकारी दिए।

रिसोर्टमा लेखनाथका स्थानीय ब्यावसायी रामप्रसाद वास्तोला र विश्वगोपाल श्रेष्ठ लगायत पाँचजनाको संयुक्त लगानीमा गुडलक एग्रो फाम अन्तर्गत गुडलक रिसोर्ट प्रालि निर्माण भइरहेको छ। तीन महिनापछि पुर्णरुपमा सञ्चालनमा आउन लगेको यो फिसरी रिसोर्ट पोखराकै पहिलो रहेको उनीहरुले दावी गरे।

यसमा गेष्ट हाउस र नाइट स्टेका लागि उपयुक्त हुन्छ। जसमा एलइडि टिभि, वाइफाइ सहित एसिको व्यवस्था रहको छ। त्यस्तै ७० जना अट्ने क्षमता भएको कन्फरेन्स हल रहेको छ जसमा कुनै सभा वा समारोह गर्नका लागि उपयुक्त हुने श्रेष्ठले बताए।

यसमा नेपाल सरकार कृषि मन्त्रालयको सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रको सहयोगमा एक गाउँ एक उत्पादन कार्यक्रम ओभिओपीको पनि सहयोग रहेको छ। ओभिओपी कार्यक्रमले उनीहरुलाई १६ लाख ५० हजार दिएको र बाँकि रकम आफूहरुले हालेको बताए।

प्रकाशित मिति: Jul 7, 2016

प्रतिक्रिया दिनुहोस्