Logo
१३ बैशाख २०८१, बिहीबार
(July 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेलबाट छुटेपछि सञ्जय दत्त र उनका परिवारसँगको खुसीका पलहरु (फोटोफिचर)

sanjay1

एजेन्सी । संजय दत्तको जीवनमा सबैभन्दा विशेष उनकी श्रीमती मान्यता हुन् जसले उनलाई जीवनको जस्तोसुकै मोडमा पनि साथ दिइन् । जेलबाट छुटेपछि सञ्जय दत्त आफ्नो परिवारसँग निकै खुसीका पल बिताइरहेका छन् ।

sanjay3

उनले यी तस्बिरहरु इन्स्टाग्राममा सेयर गरेका थिए । सञ्यत दम्पत्तीको एक रोमान्टिक भिडियो पनि सार्वजनिक भएको थियो । मान्यताले पनि केही तस्बिर शेयर गरेकी छिन् जसमा उनीहरु बच्चाको साथमा बिदा मनाइरहेका देखिन्छन् ।

दत्त परिवार पोल्याण्ड र स्पेनको अलग–अलग शहरमा घुमिरहेका छन् । उनीहरुका यी फोटोहरु सञ्जय र मान्यताले इन्स्टाग्राममा शेयर गरेका छन् । सञ्जयलाई मान्ने हो भने उनीहरु पूरा ५ वर्षपछि पारिवारिक छुट्टीमा गएका हुन् ।

sanjayमान्यतासँग सञ्जय दत्तको तेस्रो विवाह हो । योभन्दा पहिले उनले ऋचा शर्मा र रिया पिल्लाईसँग विवाह गरेका थिए । ऋचाको मृत्यु

भएको थियो भने रियासँग उनको सम्बन्धविच्छेद भइसकेको छ ।

मान्यताको वास्तविक नाम दिलनवाज शेख हो । उनको जन्म सन् १९७९ को २२ जुलाईमा भएको थियो ।

सञ्जय दत्त र मान्यताको भेट सन् २००६ तिर भएको थियो ।

सन् २००२ मा दोस्रो श्रीमती रिया पिल्लेसँग सम्बन्धविच्छेद भएपछि उनको नाम पाकिस्तानी मोडल नाडियासँग जोडिन थालेको थियो ।

सन् २००७ मा एक अंग्रेजी पत्रिकामा सञ्जय र मान्यताके विवाह भएको खबर सार्वजनिक भयो । उनीहरुले सन् २००६ को नोभेम्बर १९ तारिखका दिन विवाह गरेको बताइको छ ।

sanjay9

उनको बाल्यकाल दुबईमा बितेको थियो तर एक्टिङले उनलाई मुम्बईसम्म ल्याइपुर्यायो । फिल्मी क्षेत्रमा उनी सारा खानको नामले चिनिन्थिन् । सन् २००३ मा प्रकाश झाको फिल्म ‘गंगाजल’ मा उनले एक आइटम नम्बर गर्ने मौका पाएकी थिइन् । त्यसपछि नै उनले आफ्नो अर्को नाम पाइन् मान्यता ।

sanjay6

प्रकाशित मिति: Jul 7, 2016

प्रतिक्रिया दिनुहोस्