Logo
७ बैशाख २०८१, शुक्रबार
(July 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमानको सुल्तान बक्स अफिसको किर्तिमान तोड्दै

1115

मुम्बई । सुपरस्टार सलमान खानको नयाँ चलचित्र सुल्तानले बक्स अफिसमा पहिलो दिन बुधबार धमाकेदार शुरुवात गरेको छ । पहिलो दिन ४० करोडभन्दा बढीको कारोबार गर्दै इदमा रिलिज हुने चलचित्रमध्ये पहिलो दिनमै सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र बनेको छ ।

यसअघि चेन्नाई एक्सप्रेसले ३३.१ करोड तथा एक था टाइगरले ३३ करोड आम्दानी गरेको थियो । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै सो कुराको जानकारी दिएका हुन् । अन्तिम आँकडा नआएपनि उनले चलचित्रले देशभर राम्रो प्रतिक्रिया पाएको उल्लेख गर्दै चलचित्रको आम्दानी ४० करोडमाथि हुने जानकारी दिए ।

चलचित्रले भारतको उत्तरी भाग नयाँ दिल्ली, उत्तर प्रदेश, राजस्थान, पञ्जाबलगायतमा राम्रो आम्दानी गरेको छ । आइतबारसम्म चलचित्रले १५० करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ । चलचित्र अनलाइन लिक भएको समाचार आएपनि त्यसले व्यापारमा धेरै असर नगर्ने विश्लेषकले बताएका छन् ।

चलचित्र एकैपटक ५४५० स्क्रिनमा रिलिज गरिएको छ । यश राज फिल्मसको ब्यानरमा बनेको यो चलचित्रमा सलमानले हरियाणाको कुस्तीबाजको भूमिकामा देखिएका छन् । अली अब्बास जफरको निर्देशनमा बनेको चलचित्रमा अनुस्का शर्माको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति: Jul 7, 2016

प्रतिक्रिया दिनुहोस्