Logo
१५ चैत्र २०८०, बिहीबार
(July 7, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वेल्सको लोभलाग्दो प्रदर्शनलाई पूर्णविराम लगाउँदै पोर्चुगल फाइनलमा

Bale tried to haul Wales back into the game

कामाठाडौं । युरोकपमा वेल्सको लोभलाग्दो प्रदर्शनलाई पूर्णविराम लगाउँदै पोर्चुगल युरोकप फुटबल प्रतियोगितको फाइनलमा पुग्न सफल भएको छ । पेरिसमा बिहीबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा नानी र क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै पोर्चुगल पहिलो पटक युरोकपको उपाधि नजिक पुगेको हो ।

रियल मड्रिडका साथी खेलाडी क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलको भिडन्तका रुपमा लिइएको पहिलो सेमिफाइनलमा रोनाल्डोले बाजरी मारे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा पोर्चुगलले दोस्रो हाफको तीन मिनेटमा दुई गोल गर्न सफल भयो ।

उसका लागि पहिलो गोल खेलको ५० औं मिनेटमा राफाएलको पासमा कप्तान क्रिस्टियानो रोनाल्डोले गरे । उनले वेल्सको डी बक्सभित्रबाट हेडबाट गरेको शक्तिशाली प्रहारले जाली चुमेपछि पोर्चुगलले १–० को अग्रता लियो । रोनाल्डो पोर्चुगललाई जितको दिशातर्फ लगेको तीन मिनेट नबित्दै क्रिस्टियानो रोनाल्डोल नै मिलाइदिएको पासमा अर्का स्ट्राईकर नानीले गोल गर्दै २–० को अग्रता दिलाए ।

दोस्रो हाफको तीन मिनेटबीचमा गरेको दुई गोलले नै पोर्चुगललाई फाइनलमा पुर्याउन सफल भयो । समूह चरणमा एउटै जित ननिकाली कठिनसाथ अघि बढेको पोर्चुगल प्रिक्वार्टरमा क्रोएसियालाई हराउँदै अघि बढेको थयो भने क्वार्टर भिडन्तमा पोल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अर्कातिर समूह चरणमा स्लोभाकिया र रसियालाई हराएको वेल्स इङ्ल्यान्डसँग मात्रै पराजित भएको थियो । वेल्सले प्रिक्वार्टरमा नेदरल्यान्डलाई र क्वार्टरमा बेल्जियमलाई पराजित सेमिफाइनलसम्म आएको थियो । #तस्बिर: एएफपी

प्रकाशित मिति: Jul 7, 2016

प्रतिक्रिया दिनुहोस्