Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फलोअप: डा.सशांकलाई भेटेर डा.शेखरले केहि भन्न सकेनन्, “स्वास्थ्यमा सुधार देखिएन”

Shasank-Koirala

काठमाडौं । एकाएका अस्वस्थ भइ उपचारका लागि ओम हस्पिटल पुगेका नेपाली कांग्रेसका महामन्त्री डा.सशांक कोइरालाको पछिल्लो अवस्थाबारे डाक्टरहरूनै अन्योलमा परेका छन् । अहिले राजधानीमा उपलब्ध बिशिष्ट डाक्टरहरु डा.सशांकको स्वास्थ्य चेकजाचँमा खटिएका छन् ।

डा.सशांकको स्थिती बुझ्नका लागि डा.उपेन्द्र देवकोटा ,डा. भगवान कोइराला लगायत ओममा पुगेका छन् । पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै डा.लव नरसिंह जोशीले कोइरालाको स्वास्थ्य स्थिति जटिल र क्रिटिकल रहेको बताएका थिए ।

स्वास्थ्यमा अहिले पनि खासै सुधार नदेखिएको अवस्था छ । कोइरालालाई राति अस्पतालमै रहेको बेला बान्ता समेत भएको थियो । सो बान्ताको केही भाग फोक्सोमा छिरेको थियो। ‘फोक्सोमा बान्ता छिरेपछि उहाँको श्वाशप्रश्वास रोकिन पुग्यो उपचारमा संग्लग्न एक डाक्टरले भने ।

नेता डा.शेखर कोइराला बिराटनगरबाट आए लगत्तै डा. सशांकलाई भेटे पछि ना जवाफ भएका छन् । उहाँ अहिले बिराटनगरबाट आउनु भएको हो उहाँ आए पछि भारत लाने कुरा थियो तर तत्काल केहि निर्णय हुन सकेन डा.सशांकका सहयोगी अतुल कोइरालाले भने । कांग्रेस नेतृ सुजाता कोइराला पनि शशांकको स्वास्थ्य अवस्था बुझेपछि रूँदै अस्पताल परिसरबाट निस्किएकी थिइन् ।

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्