Logo
१३ बैशाख २०८१, बिहीबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नायीका शिल्पा पोखरेल ‘बृन्दावन’ मार्फत एक्शनमा आउदै

shilpaकाठमाडौं । चलचित्र ‘वृन्दाबन’ भदौ १७ बाट प्रदर्शनमा आउने तय भएको छ ।

यस चलचित्रमा समाजमा हुँदै आएको अन्याय, अत्याचार र थिचोमिचो जस्ता विषयलाई उठान गरिएको छ । निर्माणपक्षका अनुसार ‘बेन्दावन’ नारीप्रधान एक्शन चलचित्र हो ।

रुद्राक्ष फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । रुद्र खनाल र कमल जिसी निर्माता रहेको ‘वृन्द्राबन’ मा लेखन पनि निर्देशक राजबहादुरकै छ ।

चलचित्रमा शिल्पा पोखरेलको एक्शन हेर्न सकिने बताइएको छ । ‘बेन्दावन’ मा श्ल्पिाका अलावा किशोर खतिवडा, दिपेन्द्र केसी, सुशील पोखरेल, प्रकाश कँडेलका साथमा तालिम प्राप्त बादरको पनि मुख्य भूमिका छ ।

यसमा नृत्य रामजी लामिछाने, द्वन्द्व अष्ट महर्जन, संगीत विकास चौधरी र दीपक शर्माको रहेको छ ।

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्