Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तातोपानीमा बाढीले २० वटा पक्की घर बगायो, २०० घर उच्च जोखिममा

Bhotekosi

सिन्धुपाल्चोक । चीनको सीमा नदी भएर बहने सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति आएको बाढीले तातोपानी गाविसको २० वटा पक्की घर बगाउनुको साथै २०० घर उच्च जोखिममा रहेका छन् ।

तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भुसालले बताए ।

नदी कटानले बाह्रबिसे–तातोपानी सडकखण्डमा पर्ने अरनिको राजमार्गको कोदारीमा ५० मिटर पक्कीसडक कटान गरिसकेको र कटान गर्ने क्रम क्रमशः बढ्दै गएको छ ।

तातोपानीस्थित मानसरोवर बोर्डिङ स्कुल बगाएको छ भने माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको १० किलोस्थित बाँध (ड्याम) ५० प्रतिशत बगाइसकेको सीमा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पानी पर्ने क्रम नरोकिएको हुँदा नदी कटानले सडक तथा घरलाई अझ बढी क्षति पुर्‍याउन सक्ने प्रनि भुसालले बताए ।

बाह्रबिसे आसपासमा भने बिहानको तुलनामा अहिले नदीको अवस्थामा सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।

तस्बिर : फेसबुकबाट

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्