Logo
१३ बैशाख २०८१, बिहीबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोसियारीले भने “ज्ञानेन्द्रलाई भेट्नु अपराध हो र ?, संविधानमा त्यस्तो लेखेको छैन”

koshyari-s_325_032214091241

काठमाडौं । दुई देशिय एक बैठकमा भाग लिन काठमाण्डौ आएका भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले अघिल्लो पटकको नेपाल भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको स्वीकार गरेका छन् । तर, योपटक ज्ञानेन्द्रलाई भेट्ने कार्यक्रम नभएको उनले दाबी गरे ।

ज्ञानेन्द्रलाई किन भेटेको भन्ने बीबीसी नेपाली सेवाको प्रश्नमा भाजपा नेता कोसियारीले भने, ‘मलाई लाग्दैन पूर्वराजासँग भेट्नु अपराध हो, उनी यहाँका एक नागरिक हुन् । कोही नागरिक मसँग भेट्न चाहन्छ भने म सोच्छु कि मेरो त्यो कर्तव्य हो ।’ नेपालमा आउँदा आफूले कांग्रेस-कम्युनिष्ट सबैसँग भेट्ने गरेको भन्दै उनले अघि भने, ‘भारतबाट कोही आयो भने यहाँका ‘राजा’सँग भेट्न पाउँदैन भनेर संविधानमा त लेखेको छैन होला नि ? त्यस्तो लेखेको छ भने ठीकै छ म भेटि्दँन ।’

योपटक भने ज्ञानेन्द्रलाई भेट्ने योजना नभएको कोसियारीले बताए । पूर्वराजा ज्ञानेन्द्रले अरुलाई भेट्नुहुन्छ, मलाई भेट्नुहुँदैन ? भनेकाले भेटेको उनले दाबी गरे । भेटमा सामान्य घरेलु कुरा भएको भन्दै उनले भने, ‘तपाईको भारतमा यति धेरै सम्वन्ध छ, तपाईहरु पनि उता जानुहुन्छ । तपाई एकताको सुत्र हो, एकताको सुत्र रहिरहनुस् भनेर भनेँ ।’

यत्ति मात्र कुरा भयो होला र भन्ने प्रश्नमा उनले प्रश्न गरे- अरु के हुन सक्छ ? नेपाल धर्मनिरपेक्ष भएकोमा भारत असन्तुष्ट रहेको दाबी गलत भएको कोसियारीले स्पष्ट पारे । नेपालमा धेरै हिन्दु रहेकाले भारतीय नेताहरुले हिन्दुका बारेमा बोल्नु अपराध नभएको उनले बताए ।

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्