Logo
१२ बैशाख २०८१, बुधबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मर्मत गर्दे गरेको बसमा ठक्कर लाग्दा, बस मालिक र मिस्त्रीको मृत्यु

durghatnana
कञ्चनपुर । कञ्चनपुरको अर्जुनी क्षेत्रमा यात्रुवाहक बसको ठक्करबाट आज बिहान दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्तनगरबाट डडेल्धुराको जोगबुढाका लागि यात्रु लिएर हिँडेको ना ५ ख १४१५ को महाकाली यातायात व्यवसायी समितिको बसले अर्जुनीस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने राजमार्गमा बिग्रिएर रोकिएको सुदूरपश्चिम यातायातको बसलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्करबाट बस मर्मत गर्ने मिस्त्री कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका ३० वर्षीय मदन पन्त र ना ४ ख ४०३५ नम्बरको सुदूरपश्चिम यातायातका बस धनी कैलालीको अत्तरियाका ५५ वर्षीय पदम रोस्याराको घटनास्थलमै मृत्यु भएको हो ।

सुदूरपश्चिम यातायाताको ना ४ ख ४०३५ नम्बरको बस मङ्गलबार बिग्रिएपछि उक्त बसका धनी मृतक रोस्याराले आज बिहान भीमदत्तनगरबाट बसको मर्मतका लागि मिस्त्री मदन पन्तलाई लिएर अर्जुनी पुगेका थिए ।

मिस्त्री बसको मुनि बसेर बनाइरहेका थिए भने बसधनी रोस्यारा छेउमा उभिएका बेला भीमदत्तनगरबाट गएको ना ५ ख १४१५ नम्बरको बसले ठक्कर दिएपछि दुवै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्