Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य स्थिर, ओली, देउवा पनि अस्पतालमा 

Shasank-Koirala

काठमाडौं । अचानक गभ्भिर बनेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको उनलाई उपचारर्थ अस्पतालले जनाएको छ ।

मगलवार अबेरराती अचानक स्वास्थ्यमा समस्या भएपछि कोइराला बुधबार बिहानै ओम अस्पताल भर्ना भएको थियो । कोइरालाको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको ओम अस्पतालले जनाएको छ ।

पारिवारिक श्रोतका अनुसार मंगलबार राति पिज्जा खाएपछि अचानक वान्ता गनै थालेपछि उनलाई बिहान अस्पताल लगिएको थियो । बिहान उनको व्लड प्रेसर घटेर ६०/४० मा आइपुगेको थियो भने वान्ता पनि भएको थियो ।

व्लड प्रेसर अझै ९०/६० छ भने मुटुको धड्कन प्रतिमिनेट १३० मापन गरिएको छ । कोइरालालाई निमोनिया भएको पाइएको समेत अस्पतालले जनाएको छ । ओम अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अहिले उन (कोइराला) को अवस्था गम्भिर तर स्थिर छ ।’

अधिक वान्ताका कारण श्वासप्रश्वासमा समस्या भएको र त्यसकै इन्फेक्सनका कारण अचेत भएको हुनसक्ने चिकित्सकहरुको आशंका छ । थप उपचारको लागि उनलाई बाहिर लैजाने विषयमा उनको परिवारमा छलफल भइरहको बुझिएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरू कोइरालालाई भेट्न ओम अस्पताल पुगेका छन् । देउवासँगै अन्य कांग्रेस नेताहरु पनि अस्पताल जानेक्रम जारी छ ।

Deuwa

प्रकाशित मिति: Jul 6, 2016

प्रतिक्रिया दिनुहोस्