Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी बैठकमा राष्ट्रिय सहमतिको सरकारको एजेन्डा

maoist-kenकाठमाडौं । माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा राष्ट्रिय सहमतिको सरकारको एजेन्डाले प्रवेश पाएको छ । मंगलबार पेरिसडाँडास्थित मुख्यालयमा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली र कांग्रेस नेताहरूसँग पछिल्लो अवधिमा भएका छलफलबारे चर्चा गर्दै बैठकमा प्रस्ताव राखेका हुन् ।

‘हामीले निरन्तर राष्ट्रिय सहमतिको सरकारको पक्षमा कुराकानी चलाइरहेका छौं, संविधान कार्यान्वयन गर्नका लागि पनि यसको आवश्यकता छ,’ दाहालले बैठकमा भने, ‘कतिपयले माओवादीले आफू सरकार लिनका लागि कोसिस गरेको आरोप लगाएका छन् ।

मूख्य कुरा संविधानको कार्यान्वयन हो, किनकि परिवर्तनलाई उल्टाउने कोसिस अहिले पनि भइरहेको छ । हामीलाई यो परिवर्तनको माया कति छ भन्ने बुझाउन पनि निरन्तर बहस चलाइरहनुपर्छ । त्यसैका लागि यो बैठकमा एजेन्डा पेस गरिएको हो ।’ बुधबार बिहान फेरि बस्ने बैठकमा यसबारे विस्तृत छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्