Logo
१३ बैशाख २०८१, बिहीबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

“लोकमानलाई महाअभियोग लगाउ” भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

UML News

काठमाण्डौ । सामाजिक संजालमा सक्रिय युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तका अलोकतान्त्रीक गतिविधिहरुको विरोध गर्दै विभिन्न अभियानहरु संचालन गरिरहेको खबर छ ।

सो समुहक्का युवाहरुले अख्तियार प्रमुख लोकमानलाई महाअभियोग लगाउनको लागि सांसदहरुलाई सचेत गराउनको लागी नेकपा एमालेको केन्द्रिय पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठ मार्फत पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई बुझाइएको हो । कार्यक्रममा एमाले केन्द्रिय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईको पनि उपस्थिति रहेको थियो ।

ज्ञापन पत्र बुझ्दै श्रेष्ठले नेमपा एमाले सधै विधिको शासनको पक्षमा रहेको र कुनै पनि बहानामा हुने गैरलोकतान्त्रिक क्रियाकलापहरुको नेकपा एमालेले विरोध गर्ने जानकारी गराउनु भएको थियो ।

प्राज्ञिक क्षेत्रको मर्यादालाई नै ध्वस्त पार्ने गरी लोकमानले चालिरहेका कदमहरुको आफुहरुले निरन्तर प्रतिरोध गरिरहने जानकारी अभियान्ता डा. जितेन्द्र उपाध्यायले गराउनु भएको छ ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्