Logo
१३ बैशाख २०८१, बिहीबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक बिदाको निर्णय भएको छैन– गृहमन्त्रालय

P Bigyaptiकाठमाडौँ । इस्लाम धर्मावलम्बीको पर्व ईद (ईदुल्ल फित्र)का अवसरमा बुधबार सार्वजनिक बिदा भनी आएको समाचारमा गृहमन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

गृहमन्त्रालयका सहायक प्रवक्ता झम्कनाथ ढकालले आज विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता यादव कोइरालालाई उद्धृत गर्दै बिदाका सम्बन्धमा केही अनलाइन समाचारमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

मन्त्रालयले यस सम्बन्धमा कुनै सूचना प्रकाशन नगरेको तथा मन्त्रालयका प्रवक्ताद्वारा कोहीकसैलाई बिदाका सम्बन्धमा निर्णय भएको भनी सूचना वा जानकारी नदिएको विज्ञप्तिमा उल्लेख छ ।

यसप्रकारको भ्रममा नपर्न सम्बद्ध सबैलाई गृहमन्त्रालयले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्