झमक घिमिरे प्राज्ञसभा सदस्यमा मनोनित
काठमाडौं । सरकारले साहित्यकार झमक घिमिरेलाई ५ लाख रुपैयाँ उपचार खर्च दिएको छ । घिमिरेको पुस्तक ‘जीवन काँडा कि फूल’को हिन्दी संस्करण सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले घिमिरेलाई उपचार खर्च दिएको जानकारी दिएका हुन् ।
साथै घिमिरेलाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा मनोनित पनि गरिएको उनले जानकारी दिए । धनकुटामा जन्मिएकी घिमिरेको कृति जीवन काँडा कि फूलले ०६८ मा मदन पुरस्कार पाएको थियो ।
मष्तिस्क रोगबाट पीडित घिमिरे जन्मदेखि नै हिँडडुल गर्न र बोल्न समेत सक्दिनन् । खुट्टाको तीन औंला मात्र चल्ने उनले तीनै सहाराले लेखेकी उक्त पुस्तकमा घिमिरेले आफ्नो जीवनका पीडा र संघर्ष पोखेकी छन् ।