Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा ज्यान गुमाएका ५ नेपालीको शव अलपत्र

sab

काठमाडौं । मलेसियामा ज्यान गुमाएका ५ नेपालीको शव अलपत्र अवस्थामा रहेको पाइएको छ । विभिन्न दुर्घटनामा ज्यान गुमाएका ५ नेपालीको शव फिर्ता गर्न बाँकी रहेको मलेसियाली सरकारले नेपाल सरकारलाई जानकारी दिएको छ ।

यसमध्ये केही शवहरु निकै लामो समयदेखि मलेसियामै रोकिएका छन् । श्रम तथा रोजगार मनत्री दीपक बोहोरा नेतृत्वको सरकारी टोलीलाई मलेसियाली सरकारले ५ जना नेपालीको शव फिर्ता पठाउन बाँकी रहेको भन्दै लैजाने प्रक्रिया सुरु गर्न अनुरोध गरेको छ ।

मलेसियामा रहेका शबमध्ये २ वटाको पहिचान हुन नसकेको वैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराईले जानकारी दिइन् । पहिचान नभएका शब पनि प्रक्रिया पुर्‍याएर नेपाल ल्याइने भएको छ ।

मलेसियामा असुरक्षा बढिरहँदा विभिन्न घटना तथा दुर्घटनामा परेर ज्यान गुमाउने नेपालीको संख्या सानो छैन । धेरै जसो नेपालीहरु कार्डिक एरेष्ट (एक्कासी फोक्सोमा देखिने समस्या) को शिकार हुने गरेका छन् ।

५ लाख नेपाली कार्यारत मलेसियामा आपराधिक समूहको आक्रमण बढेको भन्दै प्रवासी नेपालीहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् । गतवर्षसम्म वैदेशिक रोजगारको प्रमुख गन्तब्य बनेको मलेसिया यस्तै विभिन्न कारणले कारणहरुले तेस्रोमा धकेलिएको छ । अनलाइनखबरमा समाचार छ ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्