Logo
१२ बैशाख २०८१, बुधबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहीबार सार्वजनिक विदा, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द

News Operation Singhadarwar

काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिइएको छ । इस्लाम धर्मावलम्बीहरुको महान पर्व इदको अवसर पारेर सार्वजनिक विदा दिइएको हो ।

नेपाल सरकारले विक्रम संवत् २०७३ सालका सार्वजनिक विदाहरुमा केही परिवर्तन गरेपनि इदको अवसरमा दिइने सार्वजनिक विदा कायमै राखेको हो ।

गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले इद पर्वका लागि बिहीबार असार २३ गते सार्वजनिक विदा दिइएको जानकारी दिए । सरकारले सार्वजनिक विदा दिएपछि बिहीबार सम्पूर्ण सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द हुनेछन् ।

यद्यपी, बिहिबार सरकारी विदा भनिए पनि मुस्लिमहरुको महान चाँड बक्रइदको अवसरमा बिदा दिने प्रावधान रहेको छ । त्यसैले सो निर्णय मन्त्रिपरिषदले गर्ने भएकाले विदाको दिनको मिति निर्णय भइनसकेको गृह मन्त्रालयले जनाएको छ ।

अन्य चाँडबाड जस्तो मुस्लिमहरुको इदको दिन निश्चित नभएका कारण इदको बिदा फलानो दिन नै हुने छ भन्ने क्यालेण्डरमा तय नगरिएको गृहका अधिकारीले बताए ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्