Logo
४ बैशाख २०८१, मंगलबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाहुवलि स्टाइलमा पर्शुरामको फष्ट लुक सार्वजनिक

Nepali Bahubali

काठमाडौं । एक्सन प्रधान चलचित्र पर्शुरामको फष्टलुक सार्वजनिक गरिएको छ । प्रर्दशनको लागि तयार भएको यो चलचित्रले औपचारिक रुपमा रिलिज डेट भने सार्वजनिक गरिएको छैन ।

एनआर घिमिरेको निर्देशन रहेको यो चलचित्रमा किशोर खतिवडा, जान्वी बस्नेत, नवराज रावत, स्वस्ति क्षेत्री, शुशिल पोखरेल, घनश्याम गिरीको मुख्य भूमिका रहेको छ । चलचित्रका नायक किशोर खतिवडालाई पावरफूल भूमिका दिइएको छ ।

पोष्टरमा पनि किशोर खतिवडालाई मात्र देखाइएको छ । आजसम्मकै फरक गेटअपमा देखिएका खतिवडाले यो चलचित्रबाट ठूलो अपेक्षा गरेको बताएका छन् ।

ब्ल्याक चिल्लि इन्टरटेनमेन्टको ब्यानरमा बलिभद्र रानाको प्रस्तुति यो चलचित्रलाई महेन्द्र बुढाथोकी, यादव सैघाली, राजभक्त राणाले निर्माण गरेका छन् । चलचित्रका सहनिर्माता पारस बस्नेत रहेका छन भने कार्यकारी निर्माता सबिन प्रियासन हुन् ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्