Logo
७ बैशाख २०८१, शुक्रबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तरकारी बजार अनुगमन गर्न पुगेको टोलीमाथि व्यापारीको आक्रमण

Tarkari News  (1)

काठमाडौं । बल्खुस्थित कृषि तथा फलफूल बजारमा अनुगमनका लागि पुगेको टोलीमाथि तरकारी व्यवसायीले आक्रमण गरेका छन ।  सो क्रममा व्यवसायीहरुले टोलीमाथि अवरोध गर्दै ढुंगा तथा तरकारीले आक्रमण गरेपछि केहि बेर तनाव समेत उत्पन्न भएको थियो ।

व्यवसायीहरुले आफूहरुलाई कुनै जानकारी नै नदिई अनुगमनका लागि टोली आएको भन्दै ढुंगा प्रहार गरेका हुन् । मंगलबार बिहान विषेश बजार अनुगमन अभियान अन्तर्गत त्यहाँ पुगेको आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्था तथा हित संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको संयुक्त बजार अनुगमन टोलीमाथि व्यवसायीहरुले अवरोध गरेका हुन् ।

तर पछि प्रहरीको सहयोगमा भएको अनुगमनका क्रममा व्यवसायीहरुले उपभोक्तलाई ढक तराजुमा ठग्ने गरेको पाइएको छ । यसरी मापदण्ड विपरित ढक तराजु राखिएको पाइएपछि तराकारी बजार व्यवस्थापक मोहन बस्नेतले गल्ती भएको स्वीकार्दै अब विभागमा मापदण्डअनुसारको ढक तराजु राखिने बताए ।

Tarkari News  (2)

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्