Logo
१५ बैशाख २०८१, शनिबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरोले घर पुरिँदा एकै परिवारका ५ सहित ८ को मृत्यु

pyuthan-pahiro

प्यूठान । गएराति अविरल वर्षासंगै आएको पहिरोमा परी प्यूठानमा एकै परिवारका पाँच जनासहित आठ जनाको मृत्यु भएको छ । उत्तरी प्यूठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । स्थानीय दुर्गाबहादुर मल्लको घरमा पहिरो आउँदा उनीसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४० वर्षीय दुर्गाबहादुर मल्ल, ३७ वर्षीया उनकी श्रीमती सिता, छोरीहरु १० वर्षीया सुशिला, ७ वर्षीया लेखा र डेढ वर्षीया सिर्जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकीकहाँ बस्न गएका उनका एक छोरा र एक छोरी भने सकुशल रहेको बताईएको छ

घटनास्थलमा उद्धारका लागि अहिले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त नेतृत्वमा प्रहरी नायब उपरीक्षक रञ्जतसिंह राठोरसहित रेडक्रस तथा उद्धार टोली अग्लुङ पुगेको छ । रजवारा गाविसमा सडकको पहुँच नहुँदा अग्लुङबाट झन्डै दुई घन्टाभन्दा बढी हिँड्नुपर्ने हुन्छ । हाल पहिरोमा परेकाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

त्यस्तै, गएरातिनै घर भत्किँदा उत्तरी प्यूठानकै पुजा–३ मा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । पुजामा उद्धारका लागि प्रहरीलाई खटाइएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । मृत्यु हुनेमा हुमबहादुर सुनार, उनकी श्रीमती र ७ वर्षीया छोरी रहेको प्रहरीले जनाएको छ ।pyuthan pahiro

तर रजवारामा ठूलो घटना भएकाले पुजामा तत्काल प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको टोली पुग्न नसक्ने प्रमुख जिल्ला अधिकारी पन्तले बताए । यसको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, प्यूठानको बरौला गाविसमा झिमरुक नदीको बीचमा सातजना कामदार फसेका छन् । हरियाटारमा कुलो निर्माणका लागि काम गर्दै आएका सात जना मजदुर नदीको बीचमा फसेको तर हालसम्म उद्धार हुन नसकेको स्थानीय गोपाल थापाले जानकारी दिए । मजदुरको गएरातिदेखी आज विहानसम्म मजदुरको उद्धार हुन सकेको छैन । #पत्रकार प्रेम सुनुवारको सहयोगमा

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्