Logo
१३ बैशाख २०८१, बिहीबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिम्रिक एयरका कारण एयरपोर्टमा मच्चियो हंगामा !

S ear

काठमाडौं । दक्षिण एसियामा आतंकवादका गतिविधि दिनप्रतिदिन बढिरहेका छन् । भाग्यवश नेपाल भने अहिलेसम्म त्यस्ता घटनाबाट जोगिन सफल भएको छ ।

तर, सुरक्षा अधिकारीहरु भने भारतसँगको खुला सिमानाका कारण नेपालमा पनि आतंकवाद खतरा बढ्दै गएकोमा चिन्तित छन् ।

खुला सिमाना मात्र होईन, एयरपोर्टमा पति त्यस्तै समस्या छ । कमजोर सुरक्षा प्रणालीका कारण विमानस्थलबाट अवैध धन्दाहरु फष्टाइरहेका छन् ।

अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने कुरा त्यसै भनेका होइनन् । शोभराजले त्यस्तो व्यंग्य गरेको १२ वर्ष भइसकेको छ, विमानस्थलको सुरक्षामा खासै सुधार हुनसकेको छैन ।

विदेशमा आतंकवादी घटना बढिरहेकै बेला नेपालको विमानस्थलमा भने लगातार लाजमर्दो घटना भइरहेका छन् । सिम्रिक एयरका कारण गत बिहीबार विमानस्थलमा ठूलो हंगामा मच्चियो ।

टिकट नै नकाटी बोर्डिङ पास लिएर तीन युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेसम्म पुग्न सफल भएका थिए । काभ्रेका ती युवक नक्कली बोर्डिङ पासका आधारमा सिम्रिक एयरलाइन्सको हेलिकप्टरसम्म पुगेका थिए । सिम्रिककै कर्मचारी रविन्द्र अधिकारीले उनीहरुलाई बोर्डिङ पास दिएका थिए । दृष्टि साप्ताहिकमा खबर छापिएको छ ।

प्रकाशित मिति: Jul 5, 2016

प्रतिक्रिया दिनुहोस्