Logo
१२ बैशाख २०८१, बुधबार
(July 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीमा फेरी पेट्रोलको अभाव भएकै हो त ? यस्तो छ नालीबेली

NBM News Petrol

काठमाण्डौ । वर्षाका कारण नारायण–मुग्लिन सडक खण्ड पटक पटक अबरुद्ध हुँदा त्यसको प्रत्यक्ष प्रभाव काठमाडौं उपत्यका राजधानीमा परेको छ । के राजधानीमा फेरि पेट्रोलको अभाव भएकै हो त ?किन पेट्रोल पम्पमा सहज रुपले पेट्रोल पाइदैन् ? सडक अबरुद्ध हुँदा तोकिएको परिणाममा पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यास आपूर्ति हुन नसकेको नेपाल आयल निगमले जनाएको छ ।

बजारमा डिजेल, मट्टितेल र ग्यासको ठूलो अभाव नदेखिए पनि पेट्रोलमा अभाव हुन थालेको उपभोक्ताहरू बताउछन् ।  निगमले शुक्रबार मागभन्दा कम पेट्रोल दिएपछि आइतबार बजारमा अभाव भएको पम्पका मालिक बताउछन् । निगमको थानकोट डिपोले शुक्रबार चार लाख लिटर मात्रै पेट्रोल दिएको थियो ।

शनिबार सार्वजनिक विदा भएकाले निगमले पेट्रोलियम पदार्थ दिएन  । शुक्रबार कम परिमाण र शनिबार पेट्रोल नदिँदा बजारमा अभाव भएको हो । निगमले आइतबार सवा ६ लाख लिटर पेट्रोल दिएको छ । थानकोट डिपो प्रमुख नेत्र काफ्लेका अनुसार आइतबार दिएको पेट्रोलले बजारको अभाव समाधान हुनेछ ।

उनले सडक अवरुद्ध भएकाले पेट्रोलियम पदार्थ आउन नसकेर समस्या भएको बताउँदै यी अल्पकालीन समस्यालार्इ हल गरेर आपूर्ति सहज बनाउने प्रतिवद्धता गरेका छन् । थानकोट डिपोमा पेट्रोलको भण्डारण क्षमता कम भएकाले एक दिन तेल काठमाडौं नआउँदा पनि समस्या हुने गरेको छ । निगमको थानकोटको पेट्रोल भण्डारण क्षमता २५ लाखको हाराहारीमा मात्रै छ ।

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्