Logo
८ बैशाख २०८१, शनिबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमालयन बैंक लि. र ट्रयाङ्ग्लो बीच रेमिट्यान्स सेवा सम्बन्धि संझौता

HBL_Trangl Finalकाठमाडौ ।  हिमालयन बैंक लिमिटेड तथा ट्रयाङ्ग्लो सिन्डरिन बर्हाड, मलेसिया बीच रेमिट्यान्स सेवा सम्बन्धि संझौता भएको छ ।

मलेसियाको कुआलालम्पुरमा प्रधान कार्यालय भएको ट्रयाङ्ग्लोको इन्डोनोसिया, मध्यपूर्व तथा संयुक्त अधिराज्यमा अन्तर्राष्ट्रिय शाखा कार्यालय रहेका छन् जसले विश्वका करीब ८० देशहरुमा सहज, सुलभ र सुरक्षित विप्रेषण तथा प्रिपेड कार्ड सेवा प्रदान गरिरहेको छ ।

मलेसियन सरकारको स्वामित्व भएको “Ekuinas” को लागानी रहेको ट्रयाङ्ग्लोको एशियामा फिलिपिन्स, बाङ्गलादेश, भारत, चीन, श्रीलंका लगायतका दशवटा देशहरुमा रेमिट्यान्स भुक्तानी केन्द्रहरु समेत संचालनमा छन् ।

हिमालयन बैंक लि. तथा ट्रयाङ्ग्लो बीचको यस संझौतावाट विदेशमा कार्यरत करीव २२ लाख नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउनेछन् ।

ट्रयाङ्ग्लोको माध्यमवाट नेपाल आउने विप्रेषण बैंकको ४२ वटै शाखा तथा ७५०० भन्दा बढी हिमालरेमिट काउन्टरवाट तत्कालै भुक्तानी लिन सकिनेछ । हिमाल रेमिट बैंकको आफ्नै अनलाईन रेमिट्यान्स सेवा हो । बैंकको रेमिट्यान्स सेवाको लागि विश्वभरी ९० भन्दा बढी अन्तर्राष्ट्रिय व्यवसायिक साझेदाहरु रहेका छन् , विज्ञप्तिमा भनिएको छ । 

उक्त रेमिट्यान्स सेवा संबन्धि संझौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर ज.ब.रा. तथा ट्रयाङ्ग्लोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिया हुई योंगले एक समारोहका वीच हस्ताक्षर गर्नुभयो ।

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्