Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोबाइल इन्टरनेट स्पीडमा  बेलायत पहिलो, यी हुन् फास्ट इन्टरनेट भएका देशहरु

Intrnet

एजेन्सी  ।  अमेरिकास्थित क्लाउड सर्भिस प्रदायक संस्था अकामाइले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार दक्षिण कोरिया विश्वमा सबैभन्दा तिव्र गतिको इन्टरनेट भएकेा देशमा पहिलो स्थानमा रहेको छ ।

रिपोर्ट अनुसार दक्षिण कोरियाको औषत इन्टरनेट स्पीड २९ एमबीपिएस रहेको छ भने पिक स्पीड १०३.६ एमबीपीएस रहेको छ । औषत कनेक्सन स्पीडमा नर्वे दोश्रो स्थानमा छ भने स्विडेन तेश्रो, हंगकंग चौथो, स्विजरल्याण्ड पाँचौ स्थानमा रहेका छन् । त्यस्तै लाटभिया, जापान, नेदरल्याण्ड, चेक गणतन्त्र तथा फिनल्याण्ड क्रमशः पाचौँबाट दशौँ स्थानमा रहेका छन् ।

त्यस्तै उच्चतम कनेक्सन स्पीडको हिसाबले सिंगापुर पहिलो स्थानमा रहेको छ । सिंगापुरमा इन्टरनेटको पिक कनेक्सन स्पीड १४६.९ एमबीपीएस रहेको छ । हंगकंग दोस्रो, इण्डोनेसिया तेश्रो तथा दक्षिण कोरिया चौथो स्थानमा रहेका छन् । कतार पाचौँ, मकाओ छैटौँ, जापान सातौँ, ताइवान आठौँ, रोमानिया नवौँ र मंगोलिया दशौँ स्थानमा रहेका छन् ।

तथ्यांक अनुसार नेपालको औषत इन्टरनेट स्पीड ३.८ एमबीपीएस रहेको छ । पछिल्लो ४ महिनामा इन्टरनेट स्पीडमा सबैभन्दा धेरै सुधार गर्ने देशमा नेपाल पनि परेको छ । यो अवधिमा नेपालको औषत इन्टरनेट गतिमा ९१ प्रतिशतले वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।

औषत इन्टरनेट स्पीडको हिसाबले चीन १०० औँ, तथा भारत ११४ औँ स्थानमा रहेका छन् । त्यस्तै मोबाइल इन्टरनेट स्पीडको हिसाबले बेलायत पहिलो स्थानमा रहेको छ भने अल्जेरिया पुछारमा रहेको छ ।

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्