Logo
८ बैशाख २०८१, शनिबार
(July 4, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लागुऔषध मुद्दामा भित्र हालदिन्छु’ भन्दै प्रहरीले धम्की दिएको आरोप सहित गुहार

News Nepalgunj

नेपालगंज । नेपालगंज स्थित एक जना सर्वसाधारणले ‘लगुऔषध मुद्दामा भित्र हालदिन्छु भन्दै प्रहरीले धम्की दिएको आरोपसहित बिभिन्न मानवअधिकर संघसंस्थालाई गुहार गरेका छन ।

बाँकेका प्रहरी उपरिक्षकले लागु औषध मुद्दामा फसाई दिने धम्की दिएको दावी सहित नेपालगंज उपमहानगरपालिका ३ बस्ने इरफान अहमद शेखले मानवअधिकारकर्मीलाई गुहारेका हुन ।

उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएर हिरासत भित्रै प्रहरी उपरिक्षकले धम्की दिएका थिए । इरफानले जिल्ला प्रशासन कार्यालय बाँकेलाई दिइएको निवेदनमा ‘आफु विद्युत कार्यालयको विरोधमा भएको एक कार्यक्रममा सहभागी भएपछि अचानक प्रहरीले नियन्त्रणमा लिएको’ दावी गरेका छन ।

उनले ‘सादा पोसाकका प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको र हिरातभित्रै प्रहरी उपरिक्षकले लागु औषध मुद्दामा फसाई दिने धम्की दिएको’ उल्लेख गरेका छन् ।

इरफानले आफुलाई बाँच्न पाउने अधिकारबाट बञ्चीत नगर्न भन्दै जिल्ला प्रशासन बाँकेसहित, क्षेत्रीय मानव अधिकार आयोग, क्षेत्रीय संयोजक इन्सेक, पुनराबेदन बार एशोसिएशन र थर्ड एलायन्सलाई बोदार्थ पठाएको छ ।

प्रकाशित मिति: Jul 4, 2016

प्रतिक्रिया दिनुहोस्